पर्यटन प्रवद्र्धनका लागि आँधीखोलामा पत्रकारहरुलाई ¥याफ्टिङ
नेपालबहस संवाददाता
असोज १२, २०७६ आइतबार १७:१०:२६
१२ असोज, स्याङ्जा । सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्षका रूपमा मनाउने तयारी गरिरहेका बेला स्याङ्जाको वालिङका युवाहरूले पर्यटन प्रवद्र्धनका लागि आँधीखोलामा पत्रकारलाईसमेत ¥याफ्टिङ गराएका छन् ।
वाण्डरफुल वालिङ संस्थामा आबद्ध युवाहरूले संस्थामार्फत पर्यटन प्रर्वद्धनमा सक्रिय भएर लागेका छन् । नेपाल सरकारले पर्यटन वर्षका रूपमा मनाउनका लागि प्रचारप्रसारमा लागिरहेका बेला भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यका साथ सरकारले मनाउन लागेको भ्रमण वर्षलाई सहयोग गर्न पर्यटनका क्षेत्रमा काम गर्ने योजनाका साथ अगाडि बढेका छन् ।
श्रवण कुमार र उनका मातापितासँग जोडिएको धार्मिक तथा ऐतिहासिक महत्व रहेको आँधीखोलामा शनिबार पत्रकारसहितको टोलीले करीब २५ किलोमिटरको ¥याफ्टिङ यात्रा गरेको हो ।
धार्मिक तथा ऐतिहासिक महत्व रहेको आँधीखोलामा समेत ¥याफ्टिङको सम्भावना रहेकाले यसको प्रचारप्रसारका लागि ¥याफ्टिङको आयोजना गरेको वाण्डरफुल वालिङका कार्यवाहक अध्यक्ष आशिषप्रताप खांँणले बताए ।
¥याफ्टिङ व्यवसायी तथा गाइडर सुभाष थापाले बर्खाको मौसममा अन्य नदीहरूमा पानीको बहाब बढी हुने भएकाले ¥याफ्टिङ गर्न नपाइने तर आँधीखोलामा बर्खाको समयमा पानीको बहाबको मात्रा उपयुक्त हुने भएकाले बर्खाको तीन महिना साउनदेखि असोजसम्म सुरक्षित किसिमले ¥याफ्टिङको मजा लिन सकिने बताए ।
पर्यटकीय नगरी पोखरा घुम्न आउने पर्यटकले आँधीखोलामा ¥याफ्टिङको मज्जा लिन सक्ने थापा बताउछन् । उनी भन्छन्, “पोखराको नजिकै रहेको आँधीखोलामा राम्रोसँग प्रचारप्रसार गरेको खण्डमा जलयात्राको प्रचुर सम्भावना रहेको यो ठाउँ पर्यटकको आर्कषण गन्तव्य बन्न सक्छ ।”
भीरकोट नगरपालिका–१ हेलुदेखि वालिङ नगरपालिका–१३ बायेटारीसम्म करीब २५ किलोमिटरको जलयात्रालाई व्यवस्थित गर्न सके आँधीखोलामा ¥याफ्टिङका माध्यमबाट रोजगारीका साथै आन्तरिक एवं बाह्य पर्यटकका माध्यमबाट राम्रो आम्दानी लिन सकिने वाण्डरफुल वालिङका सचिव गणेश राउतले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार