के तपाईले आफ्नो नामको सीम अरुलाई प्रयोग गर्न दिनु भएको छ ?
नेपालबहस संवाददाता
असोज १२, २०७६ आइतबार २१:२०:४
१२ असोज, काठमाडौं । के तपाईले आफ्नो नाममा निकालेको दूरसञ्चार सेवा प्रदायकको सीम अरुलाई प्रयोग गर्न दिनु भएको छ ? होसियार कार्बाहीमा पर्नुहोला है ।
यदि छ भने तपाईले तत्कालै त्यस्तो व्यवहार सच्चाउनु पर्ने हुन्छ । तपाईको नाममा निकालिएको सीम अपराधिक गतिविधिमा संलग्न हुने व्यक्तीले प्रयोग गरेमा तपाईलाई समेत कानूनी कारबाही हुन सक्नेछ ।
कानूनी कारबाहीबाट बच्नका लागि तपाईले आफ्नो नाममा लिएको सीम वा त बन्द गर्नुपर्ने छ वा आफैले प्रयोग गर्नुपर्नेछ ।नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचनामार्फत आफ्नो नाममा लिएको सीम आफै प्रयोग गर्न आग्रह गरेको छ ।
प्राधिकरणले एक सूचना प्रकाशित गरी अनधिकृत व्यक्तीलाई आफ्नो नाममा निकालिएको सीम प्रयोग गर्न नदिन आग्रह गरेको छ । सरकारले विद्युत प्रविधिमार्फत जनतालाई सरकारी सेवा प्रदान गर्ने उद्देश्यले नागरिक एप्स सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।
उपभोक्ताले प्रयोग गर्ने मोबाइल नम्बरलाई नागरिककको पहिचानको माध्यम बनाउँदा सहज र सरल समेत हुने भएकाले उपभोक्तालाई मोबाइल नम्बर नै सरकारी नागरिक एप्ससँग लिंक गराउने तयारी गरिरहेको छ ।
त्यसका लागि सम्पूर्ण उपभोक्ताले आफ्नो नाममा लिएको सीम अरुलाई प्रयोग गर्न नदिन आग्रह गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
दुर्गम पलाँतामा टेलिकमको टावर सञ्चालन
पुष १, २०८१ सोमबार
टेलिकमको टावर सञ्चालनमा आएपछि फोरजी सेवा सञ्चालन
मंसिर १९, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
निकोन एक्सपेरिएन्स हव, नेपालले बजारमा ल्यायो निकोनको नयाँ क्यामरा जेड ५० टू
माघ १२, २०८१ शनिबार
तस्बिरमा हेर्नुस विभिन्न जङ्गली जनावरहरु
माघ १२, २०८१ शनिबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार