सौन्दर्य प्रशाधनहरुको मापदण्डलाई पारित
नेपालबहस संवाददाता
असोज १३, २०७६ सोमबार १२:१९:५१
१३ असोज, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल गुणस्तर तथा नापतौल विभागले तीन समूहका सौन्दर्य प्रसाधन ‘कस्मेटिक्स’ को लागि मापदण्ड तोकेको छ ।
उद्योगमन्त्री मातृकाप्रसाद यादवको अध्यक्षतामा हालै बसेको नेपाल गुणस्तर परिषद्को १०१ औँ बैठकले नेपालमा आयात, उत्पादन, बिक्री वितरण एवं प्रयोग हुँदै आएका विभिन्न सौन्दर्य प्रशाधनहरुको मापदण्डलाई पारित गरी लागू गर्ने निर्णय गरेको हो ।
मापदण्डमा सौंन्दर्य सामग्रीहरुका लागि चाहिने साधारण मिश्रण, अम्लीय वा क्षारीयपना, सूक्ष्म जीवाणुहरुको उपस्थितिलगायत विभिन्न घातक ग¥हुगो धातुहरु जस्तै सिसा ‘लिड’, आर्सेनिक, पारो ‘मर्करी’ र क्याडमियम आदिका अधिकतम मात्रासहितका विशेष मिश्रण, बट्टा÷खोलसम्बन्धी व्यवस्था, सूचना ‘लेबलिङ’ सम्बन्धी व्यवस्था, नमूना सङ्कलन र परीक्षण प्रविधि आदिबारे समावेश गरिएको छ ।
नेपाली बजारमा बिक्री वितरण र प्रयोग भइरहेका सौंन्दर्य सामग्रीहरुमा पाइने गरिएका अत्यधिक पारो, सिसा, आर्सेनिक र क्याडमियमजस्ता रसायनहरु विश्व स्वास्थ्य सङ्गठनअनुसार मानव स्वास्थ्य र वातावरणमा असर पु¥याउने विभिन्न मुख्य १० अति घातक रसायनमध्येका चार प्रमुख रसायन हुन् ।
यी रसायनले स्नायु प्रणाली, स्मरण शक्ति, हेर्ने र सुन्ने क्षमतामा ह्रास, प्रजनन प्रणाली, नवजात शिशु, महिला, शिशुको वृद्धि विकासमा अवरोध पु¥याउनुको साथै मिर्गौला, मुटु, फोक्सो, क्यान्सर, हाड कमजोर वा भाँचिने, मस्तिष्कमा हानी पु¥याउँछ ।
उक्त मापदण्डहरुको प्रभावकारी कार्यान्वयनबाट नेपाल पक्षधर रहेका संयुक्त राष्ट्रसङ्घीय बाल अधिकार महासन्धि, महिलाविरुद्ध सबैप्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि र मिनामाता मर्करी महासन्धिहरुले अन्तर्राष्ट्रिय रुपमा अनुसरण गरेकोे उद्देश्य पूरा गर्न पनि सहयोग पुग्ने जनस्वास्थ्य तथा वातावरण प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहले बताए ।
‘‘ठूलो परिणामा प्रयोग हुने कस्मेटिकका सामग्रीसम्बन्धी मापदण्ड नहुँदा जनस्वास्थ्य र खासगरी बालबालिका, गर्भवती तथा स्तनपान गराइरहेका महिलाको स्वास्थ्यमा अनेक समस्या आइरहेको अवस्थामा सरकारले मापदण्ड ल्याएर राम्रो काम गरेको छ’’, उनले भने । कस्मेटिकसम्बन्धी मापदण्डअनुसार आवश्यक ऐन र नियमावली बनाउन पनि उनले माग गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
मेची भन्सारबाट २ अर्ब ९५ करोड बराबरको चिया निर्यात
माघ ८, २०८१ मंगलबार
मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल
माघ ६, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
निकोन एक्सपेरिएन्स हव, नेपालले बजारमा ल्यायो निकोनको नयाँ क्यामरा जेड ५० टू
माघ १२, २०८१ शनिबार
तस्बिरमा हेर्नुस विभिन्न जङ्गली जनावरहरु
माघ १२, २०८१ शनिबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार