गाउँपालिका भवनको शिलान्यास, नेता रिजाललाई नेकपा कार्यकर्ताको अवरोध
नेपालबहस संवाददाता
असोज १३, २०७६ सोमबार १३:९:३९
१३ असोज, दमौली । जिल्लाको ऋषिङ गाउँपालिकाको नयाँ भवनको शिलान्यास गरिएको छ । ऋषिङ गाउँपालिका–७ पोखरीभञ्ज्याङमा निर्माण गरिन लागिएको सो भवनको आइतबार पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले शिलान्यास गरे ।
वडास्तर, गाउँसभा र गाउँ कार्यपालिकाको शतप्रतिशत सहमतिको निर्णयमा पोखरीभञ्ज्याङमा गाउँपालिकाको भवन बनाउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । गाउँपालिकाको केन्द्र बनाउने सवालमा कुनै पनि गाउँसभाको सदस्यको असहमति नभएको हुँदा पोखरीभञ्ज्याङमा नै भवन बनाउन लागिएको अध्यक्ष श्रेष्ठले बताए । रु तीन करोड ६१ लाखको लागतमा सो भवन निर्माण हुन लागेको हो ।
यसैबीच गाउँपालिकाको भवन शिलान्यास गर्ने कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का कार्यकर्ताले अवरोध गरेका थिए । उनीहरुले तत्कालीन सर्वदलीय संयन्त्र र जिल्लास्तरको प्राविधिक समितिको सिफारिस र निर्णय विपरीत पोखरीभञ्ज्याङमा गाउँपालिकाको भवन बनाउन लागिएको भन्दै शिलान्यास कार्यक्रममा अवरोध गरेका थिए ।
गाउँपालिका बन्दको कार्यक्रमसमेत आयोजना गरिएको थियो । उनीहरुले प्रमुख अतिथि आउने सडक भिमाद–ऋषिङ सडकमा रुख ढालेर अवरोधसमेत गरेका थिए । बन्द र अवरोधका बाबजुद प्रहरीको कडा सुरक्षा र स्कर्टिङमा डा रिजाल कार्यक्रमस्थल पुगे ।
कार्यक्रमस्थलमा जम्मा भएका नेकपाका कार्यकर्ताले गाउँपालिकाको केन्द्र बनाउने निर्णयमा आफूहरुको असहमति रहेको हुँदा शिलान्यास नगर्न अनुरोध गरेको नेकपा ऋषिङ गाउँ कमिटी अध्यक्ष गञ्जसिंह गुरुङले बताए । त्यसलगत्तै नेकपाका कार्यकर्ताहरु नारा जुलुस र कोणसभाको आयोजना गरी अन्यत्रै गएपछि नेता डा रिजालले भवन शिलान्यास गरेका थिए ।
सो क्रममा झडप हुनसक्ने आशङ्काले ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो । शिलान्यास पछि कांग्रेस नेता रिजालले लोकतन्त्रमा विरोध गर्न पाईने भए पनि कसैलाई अवरोध गर्न नपाईने बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रौतहटमा हात्तीको उपद्रो, बिघौँबिघा जमिनमा लगाएको केराबारी नष्ट
पुष २६, २०८१ शुक्रबार
झापामा सीमास्तम्भ मर्मत गरिँदै
पुष २६, २०८१ शुक्रबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार