खुला दिसामुक्त राष्ट्र घोषणा सभ्यताको नयाँ सिँढी हो : प्रधानमन्त्री ओली
नेपालबहस संवाददाता
असोज १३, २०७६ मंगलबार १:३४:२२
१३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘खुला दिसामुक्त राष्ट्र एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल’ घोषणाले मुलुकलाई सभ्यताको एक सिँढी माथि उठाएको बताएका छन् ।
खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजना गरेको सो घोषणा समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणामा अन्तरनिहित विविध पक्षलाई सबलीकृत गर्दै अनवरतरुपमा जनजागरण र जनचेतना फैलाउन आवश्यक भएकामा जोड दिँदै नेपाललाई अल्पविकसितबाट माथि उठाउने, गरीबीको रेखाबाट माथि पुग्ने, निरक्षता उन्मूलन गर्ने जस्ता कामका लागि सरकार सजगताका साथ योजनाबद्ध भई अगाडि बढेको जानकारी दिए ।
उनले भने, “हाम्रो विकास हामीले गर्नुपर्छ । सचेत प्रयास हामीले अगाडि बढाउनुपर्छ । कुनै पनि देशलाई अर्काले आएर बनाइदिएर हुँदैन, आफैँले बनाउनुपर्छ । यो घोषणाले नेपाल स्पष्टतः एक कदम अगाडि बढेको छ । नयाँ नेपाल यसै गरी बन्ने हो ।”
उनले ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न नेपाल हरेक दिन एक कदम अगाडिको अभियान थालिएको उल्लेख गर्दै सामाजिक र स्वास्थ्य स्थितिमा सुधार ल्याउनका लागि नयाँ उचाइमा पुगिएको बताए । यस घोषणाबाट मानिस निरोग हुने, स्वास्थ्योपचारमा हुने खर्च घट्ने, सङ्क्रमण र कम हुने, मृत्युदर कम हुने र सरदर आयु वृद्धि हुने प्रधानमन्त्रीले बताए ।
“हामी जनताप्रति उत्तरदायी हुन्छौँ । जनतालाई अमानवीय अवस्थामा हुन नदिने सङ्कल्प छ । सडकमा बेसहारा रहने अवस्था चाँडै मुक्त गर्र्छौँ । अब समग्र सफा, स्वच्छ नेपाल बनाउनुपर्छ । प्राकृतिक हिसाबले नेपाल चिटिक्क छ ।” उनले भने, “सिङ्गै नेपाललाई चिटिक्क बनाउने तथा बाटा, खेत, डाँडापाखा सबै हेरिरहुँ जस्तो बनाउने दिशामा अगाडि बढेका छौँ ।”
प्रधानमन्त्री ओलीले नेपालका ७५३ स्थानीय तह र ७७ जिल्लाले गरेको खुला दिसामुक्त क्षेत्र घोषणा गरेको कार्यलाई कदर गर्दै नेपाललाई खुला दिसामुक्त घोषणा गरेका थिए । साथै उनले सन् २०३० सम्म दिगो विकासको लक्ष्य पूरा गर्ने सङ्कल्प पनि गरे । घोषणालाई कार्यक्रमस्थल राष्ट्रिय सभागृहमा सहभागीले राष्ट्रिय झण्डा फहराउँदै तालीको गड्गडाहटले स्वागत गरेका थिए ।
सो अवसरमा खानेपानीमन्त्री विना मगरले नेपाल आधारभूतरुपमा सरफाइमा अग्रसर भएको जनाउँदै पछिल्लो समयमा नेपालमा ५६ लाख चर्पी निर्माण भएको तथ्याङ्क प्रस्तुत गरे । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले उक्त घोषणा नेपालको सफलता भएकाले अब पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताए ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफ्नो प्रदेशमा पक्की शौचालय र पर्याप्त पानीको धारा नभएको र राउटेहरु घुमन्ते भएकाले उनीहरुलाई स्थायी शौचालय दिन नसकिने बताए ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले सरसफाइमा नेपाल अग्रसर भए पनि स्वास्थ्य क्षेत्रमा अझै काम गर्न बाँकी रहेको बताए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले एकताबद्ध भएर योजनाको कार्यान्वयन गर्न सकेमा कठिनतम लक्ष्य पनि पूरा गर्न सकिन्छ भन्ने उदारहरण आजको घोषणा भएको बताए ।
प्रदेश नं २ का भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनालले ऐतिहासिक सफलता हामीले प्राप्त गरेको जनाउँदै यो समग्र नेपाली प्रतिष्ठा, सभ्यता र सम्मानसँग जोडिएको विषय भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
दाङ पुगेर प्रचण्डले गरे सहिद परिवारसँग भेटवार्ता
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
अभिनेत्री ममता कुलकर्णी बनिन महामण्डेलश्वर
माघ १२, २०८१ शनिबार
निकोन एक्सपेरिएन्स हव, नेपालले बजारमा ल्यायो निकोनको नयाँ क्यामरा जेड ५० टू
माघ १२, २०८१ शनिबार
तस्बिरमा हेर्नुस विभिन्न जङ्गली जनावरहरु
माघ १२, २०८१ शनिबार