दशैंको आगमनसँगै वर्ल्डलिंकले दियो १० लाख सहयोग
नेपालबहस संवाददाता
असोज १३, २०७६ मंगलबार २:७:४९
१३ असोज, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्यूनिकेसन्स लिमिटेडले मानव सेवा आश्रमलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले २४ वर्ष पुरा गरि २५ वर्ष लागेको अवसर पारेर आश्रमलाई सहयोग उपलब्ध गराएको जनाएको छ ।
वि.स. २०५२ सालबाट सञ्चालनमा आएको वर्ल्डलिंकले विगत २४ वर्षदेखि नेपालका सहरी तथा ग्रामिण भेगमा इन्टरनेट सेवा पु¥याउँदै आएको छ । वर्ल्डलिंकले पछिल्लो समय आफ्नो व्यापार बृद्धी गरेसँगै उच्च प्रतिफल हाँसिल गर्दै आएको छ । तर पछिल्ला दिनहरुमा स्थापना कालमा झैँ ग्राहकलाई उच्च गतिको सहज र गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराएको दावी गरे ता पनि ग्राहकहरुलाई सुलभ र उच्च गतिको सेवा दिन सकिरहेको छैन । बजारको बढ्दो मागसँगै व्यापार विस्तारमा आक्रामक बनेको वर्ल्डलिंक पछिल्ला दिनहरुमा अन्य निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक भन्दा कमजोर बन्दै गएको एक उपभोक्ताको गुनासो छ ।
मानवसेवा आश्रम भक्तपूर शाखाको गृह प्रवेश र उद्धाघाटन समहारोहको अवसरमा कम्पनीले यो रकम संस्थालाई हस्तान्तरण गरेको हो । उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथी प्रधानमन्त्री खड्गप्रसाद ओलीले वर्ल्डलिंकका कार्यकारी निर्देशक वजय जालानलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
उक्त अवसरमा कार्यकारी निर्देशक जालानले आफ्नो धारणा राख्दै, असाहाय, बेसाहारा र लावारिस अवस्थामा रहेका मानिसहरुलाई उद्धार गरि निस्वार्थ भावनालले सेवा गर्दै आएको मानव सेवा आश्ररमलाई कम्पनीले १० लाख रुपैंया साथै मानव सेवा आश्रमका नेपाल भरि रहेका १६ ओटै शाखाहरुमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेको बताए । ‘आश्रमले निस्वार्थ सेवाबाट सडकमा रात बिताउने बाध्य भएका असाहाय मानिसहरुलाई बस्नको लागि छत उपलब्ध गराएको छ ।’, उनले भने, ‘यस्तो संस्थालाई सहयोग गर्न पाउँनु हाम्रो कम्पनीको लागि पनि अवसरको विषय हो ।’
नेपालमा यस्ता असाहाय र कमजोर मानिसहरु धेरै छन । जालानले भने, ‘सबै व्यक्ति संघ संस्थाले सहयोगको हात बढाएको अवस्थामा यसको समाधान हुन सक्नेछ ।’ यहि भावनाका साथ कम्पनीले संस्थालाई सहयोग गरेको हो । कम्पनीले आगामी दिनमा पनि यस्तो सहयोगहरु गर्दै जाने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार