भारतमा मनसुनी वर्षाका कारण १४० जनाको मृत्यु
नेपालबहस संवाददाता
असोज १५, २०७६ बुधबार १२:३८:२८
१५ असोज, एजेन्सी । भारतको पूर्वी क्षेत्रमा मनसुनी वर्षाका कारण झण्डै १४० जनाको मृत्यु भएको भारतीय उद्धारकर्मीहरुले बताएका छन् । बिहार राज्यको राजधानी पटनाका विद्यालय र अस्पतालहरुका साथै सडक जलाम्य भएको छ ।
भारतीय जलवायु विज्ञान विभागका अनुसार बिहार क्षेत्रमा सन् १९९४ यताकै यो सबैभन्दा भारी मनसुनी वर्षा हो । विभागले मनसुनी वर्षा ढिलो आएको र यो लामो अवधिसम्म रहेको जनाएको छ ।
चार दिनभित्रमा उत्तर प्रदेशमा १११ जना र बिहारमा २८ जनाको ज्यान गएको सरकारी अधिकारीहरुले बताएका छन् ।
जेलभित्र बाढी पसेका कारण उत्तर प्रदेशको बल्लिया जिल्लास्थित कारागारमा रहेका ९०० कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्नु परेको छ । करिब २० लाख जनसंख्या रहेको पटनामा मानिसहरुलाई अस्थायी डुङ्गाको सहायताबाट उद्धार गरिएको छ ।
वर्षा रोकिए पनि शहरको अधिकांश भूभाग डुबानमा छ । विद्यालय र पसलहरु सबै बन्द अवस्थामा छन् । टेलिभिजनमा प्रसारित दृश्यहरुमा अस्पतालका वार्डहरु डुबानमा परेका र स्थानीयबासीलाई उद्धारकर्ताहरुले दूध, केरा र अरु पेय पदार्थहरु बाँड्दै गरेको देखिएको छ ।
सामान्यतया, जुनदेखि सेप्टेम्बर महिनासम्म उत्तर भारतमा मनसुनी वर्षा हुने गर्दछ, तर यस वर्ष ढिलो गरी मनसुनी वर्षा भइरहेको छ । भारतीय जलवायु विज्ञान विभागका अनुसार यस वर्षको समग्र मनसुनी वर्षा औसतमा भन्दा बढी भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार