भ्रमणका क्रममा हराएका दुई पर्यटकको खोजी तीव्र
नेपालबहस संवाददाता
असोज १५, २०७६ बुधबार १६:४:४३
१५ असोज रसुवा । उत्तरी रसुवाअन्तर्गत तामाङ सम्पदा पदमार्गको भ्रमण गर्ने क्रममा यही असोज ५ गतेदेखि बेपत्ता दुई पर्यटकको खोजी तीव्ररूपमा अगाडि बढेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भ्रमणका क्रममा हराइरहेका नेदरल्याण्डका २७ वर्षीय थोमस र कोरियाली ४२ वर्षीय सिसुङकोे खोजीका लागि नेपाल प्रहरीका तालीमप्राप्त तीन कुकुरसमेत परिचालन गरिएको छ ।
उनीहरू असोज ५ गते बिहान ९ः०० बजे तामाङ सम्पदा पदमार्गअन्तर्गत थुमन क्षेत्रमा देखिएका बुझिएका कारण आसपासका क्षेत्रमा व्यापक खोजी गर्न प्रहरी नायब उपरीक्षक भागेन्द्रपुरूष ढकालको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।
पर्यटकीय पदमार्गको बृद्विम, टिमुरे तथा लाङटाङ क्षेत्रमा दर्जनौँ सुरक्षाकर्मी यही असोज ९ गतेबाटै परिचालित गरिएको छ । पर्यटक प्रहरी चौकी स्याफ्रुबेँसीको अभिलेखअनुसार ती पर्यटक भदौ २७ गते रसुवाको स्याफ्रुबेँसीमा बास बसी गत भदौ २८ गतेदेखि तामाङ सम्पदा पदमार्गतर्फ गएका थिए ।
तामाङ सम्पदामार्ग उत्तरी रसुवाको गोल्जुङ, गतलाङ, पार्वतीकुण्ड, चिलिमे, तातोपानी, नाकथली, थुमन र बृद्धिमको भूभागले मान्यता पाएको र ती क्षेत्रमा भारी वर्षा तथा निरन्तर प्रतिकूल मौसमको प्रवाह नगरी खोजीकार्यमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।
यस्तै सशस्त्र प्रहरी बल २० नम्बर गुल्म धुञ्चेका प्रहरी अधिकृत तथा जवानसमेत खोजी तथा उद्वारमा परिचालन भएको सशस्त्र प्रहरी नीरिक्षक होेमनाथ नेपालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार