पत्रकारलाई न्यूनतम पारिश्रमिक तथा दशैँ पेश्की दिन माग
नेपालबहस संवाददाता
असोज १५, २०७६ बुधबार १६:५१:५८
१४ असोज, काठमाडौं । नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाले चाडपर्व नजिकिँदै गर्दा समेत एकाधबाहेक ठूला सञ्चारगृहले अहिलेसम्म श्रमजीवी पत्रकार ऐनबमोजिमको न्यूनतम पारिश्रमिक तथा दशैँ पेश्की उपलव्ध नगराएकामा आपत्ति जनाएको छ ।
ती सञ्चारगृहले सूचना तथा प्रसारण विभागको प्रेसपास प्रयोजनार्थ पत्रकारको तलबी विवरण अझैसम्म पनि नबुझाएको प्रति पनि शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सबैभन्दा धेरै पत्रकार आवद्ध रहेको सो शाखाका अध्यक्ष शान्तराम बिडारीले विज्ञप्ति जारी गरी बढ्दो महङ्गीलाई ध्यान दिई स्वरोजगारमुखी तथा साना लगानीमा सञ्चालित मिडियाबाहेकका पत्रकारलाई न्यूनतम पारिश्रमिक मासिकरुपमा कम्तीमा पनि रु ३० हजार हुनुपर्ने स्मरण गराए ।
नेपाल पत्रकार महासङ्घको केन्द्रीय समितिले सञ्चार प्रतिष्ठानहरुले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक र श्रमजीवी पत्रकार ऐनअनुसारको सेवासुविधा लागू गरे-नगरेको अनुगमन गरिरहेको छ । “पत्रकारहरुलाई राज्यले तोकेको व्यवस्था अनुरुपको सेवासुविधा तत्काल दिन माग गर्दछ,।
अन्यथा यसको हिसाब किताब गरी आगामी दिनमा कडा सङ्घर्षमा उत्रन बाध्य हुनेसमेत चेतावनी दिन चाहन्छौँ”, विज्ञप्तिमा भनिएको छ, “त्यसका लागि केन्द्रसँग समेत हातेमालो गरेर तालाबन्दीलगायतका जुनसुकै प्रकारका आन्दोलन गर्न बाध्य हुने अवगत गराउँछौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
दाङ पुगेर प्रचण्डले गरे सहिद परिवारसँग भेटवार्ता
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
माघ १२, २०८१ शनिबार