प्रभावकारी ढङ्गबाट हुलाक सेवा प्रवाह गर्न सञ्चारमन्त्रीको निर्देशन
नेपालबहस संवाददाता
असोज १६, २०७६ बिहिबार १२:५:५
१५ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले हुलाक सेवालाई सरल र सहज बनाउँदै जनतालाई प्रत्यक्ष लाभ हुने गरी प्रभावकारी ढङ्गबाट सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिए।
विश्व हुलाक दिवसका अवसरमा डिल्लीबजारस्थित गोश्वरा हुलाकको नयाँ भवन उद्घाटन कार्यक्रममा मन्त्री बाँस्कोटाले सूचना र सञ्चार प्रविधिको विकाससँगै हुलाक सेवालाई नुनदेखि सुनसम्म व्यापार गर्ने संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “हुलाक सेवालाई दु्रत गतिमा अगाडि बढाउन अहिले सरकारसँग नीति छ, राजनीतिक स्थिरता छ, त्यसलाई हामीले जनताको खुशीमा बदल्न चाहेका छौँ, त्यसका लागि तपाईंहरुले इमान्दारीसाथ काम गर्नुपर्ने हुन्छ ।”
मन्त्री बाँस्कोटाले हुलाकलाई प्राधिकरणमा लैजाने गरी नयाँ कानूनको तयारी भइरहेको भन्दै कार्यालयलाई देशैभरि रहेका प्रत्येक वडा कार्यालयमा हुलाक कार्यालय स्थापना गरेर सेवालाई नागरिकप्रति उत्तरदायी बनाउने तयारी गरिएको जानकारी दिए । प्राधिकरणमा लगेपछि सेवाको दायरा फराकिलो गर्दै प्रभाव र पँहुच क्षेत्रसमेत थप विस्तार हुने उहाँको भनाइ थियो ।
मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले हुलाक सेवालाई आधुनिकतासँगै कार्यशैलीमा परिवर्तन गरेर अगाडि बढ्ने बताए । हुलाक सेवा विभागका महानिर्देशक देवीप्रसाद ज्ञवालीले आगामी दिनमा हुलाक सेवासँगै व्यवसाय पनि शुरु गरिने बताए ।
करीब रु १० करोड लागतमा निर्माण गरिएको सो भवनमा विश्व हुलाक दिवस, विश्वभर हुलाक सङ्घको १४५औँ स्थापना दिवस तथा विश्व हुलाक दिवस आरम्भ भएको ५०औँ वार्षिकोत्सवका अवसरमा र विश्व हुलाक सङ्घले अन्तर्राष्ट्रिय हुलाक सेवाको प्रावधान तथा नियमनमा पु¥याएको योगदानको सम्मानस्वरूप हुलाक सेवा विभागले विश्व हुलाक दिवसको संस्मरणात्मक आवरण प्रकाशनमा ल्याएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
अखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार