एकै पटकमा मुलुकको ५९ शहरमा फोरजी सेवा शुरु
नेपालबहस संवाददाता
असोज १६, २०७६ बिहिबार १४:०:५८
१६ असोज, काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रिय दैनिक पत्रपत्रिकाले बिहीबार चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमण तयारीबारेको समाचारलाई प्राथमिकता दिएका छन् ।
आज सबैजसो पत्रपत्रिकामा एकै पटकमा मुलुकको ५९ शहरमा फोरजी सेवा शुरु गरिएको समाचार पनि प्राथमिकताको साथ छापिएको छ । पत्रपत्रिकामा मेडिकल कलेजले विद्यार्थीमाथि गरेको ठगीसहित सामाजिक, आर्थिक, शिक्षा र स्वस्थ्य र विभिन्न निकायमा भएका अनियमितता समेत प्रकाशित भएको छ ।
गोरखापत्र दैनिक, परराष्ट्रमन्त्री प्रदिपकुार ज्ञवालीले नेपाल र चीनबीचको सम्बन्धलाई बलियो आर्थिक साझेदारीमा रुपान्तरणको सोचका साथ अगाडि बढाउने तयारी नेपालले गरेको बताएका छन् ।
चीनका राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमणको तयारीबारे जानकारी दिदै उनले नेपाल स्थायित्वको बाटोमा अग्रसर रहेका बेला चीनबाट उच्चस्तरीय भ्रमण हुन लागेकाले साझेदारीका विविध एजेण्डा रहने उनले बताए ।
कान्तिपुर दैनिक, सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट बीओपी विस्तार गरिँदै आए पनि सीमा स्तम्भ हटाउने क्रम रोकिएको छैन ।
गृह मन्त्रालयका अनुसार मुलुकमा ८ हजार ५ सय ५३ सीमास्तम्भ हुनुपर्नेमा २ हजार ७ सय १६ स्तम्भ गायव छन् । नेपाल–भारत खुला सीमा जोडिएका स्थानमा ४ सय ५७ वटा सीमा स्तम्भ मात्र राम्रो अवस्थामा पाइएको छ ।
नयाँ पत्रिका दैनिक, प्रहरीको बढुवामा अब विभूषणको नम्बर गणना नहुने भएको छ । प्रहरीको नयाँ ऐनको मस्यौदामा विभूषण वापतको नम्बर हटाएको छ ।
बढुवामा विभूषणको नम्बर राख्दा विकृति बढाएको भन्दै गृह मन्त्रालयले बढुवा सम्बन्धी प्रावधान संशोधन गर्न लागेको हो । हाल विभूषण पाएका प्रहरीले बढुवामा मूल्यांकनमा २ नम्बर पाउँछन् ।
कारोबार दैनिक, विदेशमा रोजगारका क्रममा मृत्यु भएका श्रमिकको आर्थिक सहायता ९क्षतिपूर्ति० लिन महंगो खर्च गरेर काठमाडौं आउनुपर्ने झन्झट अन्त्य भएको छ ।
सरकारले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिक हकवालाले कानुन बमोजिम पाउने क्षतिपूर्ति लिन काठमाडौं आउनु पर्ने बाध्यतालाई अन्त्य गरी स्थानीय बाट नै वितरण गर्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित
मंसिर २०, २०८१ बिहिबार
नेपाल र चीन बीच भएका ९ बुदेँ समझदारी के के हुन् ?
मंसिर १८, २०८१ मंगलबार
दुर्घटनामा चालकको मृत्यु पछि तुलसीपुर–घोराही सडकखण्ड अवरूद्ध
मंसिर १८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार