अमेरिका जाने डीभी खुल्यो, पासपोर्ट र हालसालै खिचिएको फोटो अनिवार्य
नेपालबहस संवाददाता
असोज १६, २०७६ बिहिबार १५:५९:४५
१६ असोज, काठमाडौं । सन् २०२१ को डाइभर्सिटी भिसा ‘डिभी’ कार्यक्रमका लागि आवेदन दर्ता बुधबारदेखि खुलेको छ ।
नेपालस्थित अमेरिकी राजदूतावासले दिएको जानकारी अनुसार बुधबार मध्याह्न १२ बजेदेखि अनलाइन आवेदन खुला भएको छ । कात्तिक १९ गते ९५ नोभेम्बर २०१९० सम्म आवेदन दिन पाइनेछ । यस वर्ष आवेदन फारम भर्दा पासपोर्ट नम्बर, पासपोर्टको म्याद र इमेल ठेगाना अनिवार्य गरिएको छ ।
एक व्यक्तिले एक पटक मात्र आवेदन दिन सक्नेछन् । एकभन्दा बढी पटक आवेदन फारम भर्ने व्यक्ति डीभीका लागि अयोग्य ठहरिने दूतावासले जनाएको छ ।
आवेदन फारम भर्न कुनै पनि शुल्क लाग्ने छैन । आवेदनमा आफ्ना पति–पत्नी र आवेदन दिने समय सम्ममा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानको विवरण राख्नुपर्छ । हालसालै खिचिएको फोटो हुनुपर्नेछ ।
अघिल्ला वर्षहरुमा डीभी फारममा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरे अयोग्य ठहरिनेछ ।फारम भरिसकेपछि प्राप्त गरिएको कन्फरमेसन नम्बरलाई आवेदकले सुरक्षित राख्नु पर्नेछ ।
सोही आधारमा प्रकृया अघि बढ्नेछ । सन् २०२१ मा अमेरिकाले संसारभरिबाट ५५ हजार जनालाई डीभीमार्फत अमेरिका लैजाने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
माघ १२, २०८१ शनिबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार
काठमाडौं महानगरपालिकामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार