चाडपर्वका बेला नागरिकको सुरक्षार्थ प्रहरी थप सक्रिय हुनुपर्छ : आइजीपी खनाल
नेपालबहस संवाददाता
असोज १६, २०७६ बिहिबार १९:३६:३८
१६ असोज काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नजिकिँदै गरेको नेपालीहरुको महान पर्व विजयादशमी, शुभ दिपावली एवम् छठ पर्वको अवसरमा नागरिकको जिउधनको सुरक्षार्थ प्रहरी कर्मचारीहरु थप सक्रिय रुपमा खटिनुपर्ने बताउका छन् ।
नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा मातहत प्रहरी कार्यालयका प्रमुख र कार्यरत प्रहरी अधिकृतहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताए ।
चाड पर्वको अवसरमा हुन सक्ने चोरी, लुटपाट, डकैती लगायत आवाञ्छित गतिविधि नियन्त्रण गर्नकै लागि प्रहरीको आवश्यकता र महत्व हुने चर्चा गर्दै नागरिकहरुको सुरक्षामा कुनै पनि किसिमको त्रुटि र अप्रिय घटना नहुने गरी थप उत्कृष्ट कार्य सम्पादन गर्न प्रहरी महानिरीक्षक खनालले निर्देशन दिए ।
समुदाय-प्रहरी साझेदारी अवधारणा अनुसार समुदायसँग समन्वय गरेर प्रहरीले कार्य सम्पादन गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले सबैले आ-आफ्नो जिम्मेवारी पूरा गरी नमूना संगठन बताउनुपर्नेमा जोड दिए ।
हरेक प्रहरी कर्मचारीको बोली, वचन र व्यवहारमा विवेकशीलता झल्कनुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले सकारात्मक सोच, गर्वको भावना र उर्जाकासाथ कार्य सम्पादन गरी प्रहरीले राष्ट्र र नागिरकको सेवा गर्न पाएको अवसरको पूर्ण सदुपयोग गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरु लगायत महानगरीय प्रहरी कार्यालय तथा मातहत कार्यालयका प्रमुख तथा कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
साथै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयबाट १,२ र ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु तथा ३१ वटा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुसँग नजिकै आउँदै गरेका चाडबाडका बेला शान्ति सुरक्षासँग सम्बन्धित कामहरु एवं समसामयिक विषयमा बुधबार भिडियो कन्फ्रेन्सद्वारा निर्देशन दिए ।
प्रहरी बुलेटित अपडेट
काठमाडौं चन्द्रागिरी नगरपालिका-११ सतुङ्गलबाट सालकको खपटा १ थान सहित भक्तपुर सूर्यबिनायक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका-१ घर भएका ३४ वर्षीय बिन्दु बहादुर खड्कालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडिरहेका उनलाई जाँच गर्दा झोलामा लुकाइ छिपाइ राखेको सालकको खपटा फेला पारेको हो ।bखड्कालाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला बन कार्यालय हात्तिसार काठमाडौं पठाइएको उक्त वृत्तले जनाएको छ ।
रुकुम ‘पश्चिम’, सानीभेरी गाउँपालिका-५ गोलचौर बस्ने ३२ वर्षीय रन्जित खत्रीलाई अवैध लागूऔषध अफिम ४ केजी ९ सय ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । बाफीकोट गाउँपालिका-७ स्थित जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी मग्माबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-६ खहरेस्थित होटल कोकनबाट लागूऔषध एनफेटागन ४५ पिस र अन्दाजी १ सय ५० ग्राम लागूऔषधजन्य सुकेको पात सहित ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका -९ पृथ्बीचोक बस्ने २२ वर्षीय हसिद नसिब अख्तर अली, भारत मिजोराम साउथ ईण्डिया बस्ने ३९ वर्षीय मिजोराम नियाना, पोखरा महानगरपालिका-९ पृथ्बीचोक बस्ने पर्सा घर भएका २८ वर्षीय सहिद अख्तर मियाँ र तनहुँ शुक्लागण्डकी-९ बस्ने २३ वर्षीया रजिया खातुन रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं, वडा प्रहरी कार्यलय वैदाम कास्की र लागूऔषध नियन्त्रण संघीय व्यूरो पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बर्दियामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-७ सोनपुर बस्ने २५ वर्षीय सालिकराम थारुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।थारुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उता कपिलवस्तुको महाराजगंज नगरपालिका-१० हर्दौनाबाट अवैध रुपमा ल्याउँदै गरेको करिब ८० हजार रुपैयाँ मूल्य बराबरको २ कार्टुनमा रहेको विभिन्न पटका बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीलाई देखेर अपरिचति व्यक्तिहरुले उक्त परिमाणको पटाका छाडी फरार भएपश्चात प्रहरीले उक्त पटाका बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका-४ भैरवचोकस्थित सडकमा ना.१ ग ४७९ नम्बरको गाडीमा विपरित दिशाबाट आएको अन टेष्ट लेखिएको मोटरसाइकल बुधबार बिहान ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक धनौजी गाउँपालिका-४ झोझिकटैया बस्ने १८ वर्षीय मनिष मण्डलको जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार धनौजी गाउँपालिका-४ झोझिकटैया बस्ने १७ वर्षीय नद्रुल अन्सारीको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार