कता हराए महिला अधिकारकर्मी ?
नेपालबहस संवाददाता
असोज १६, २०७६ बिहिबार १९:४५:५५
१६ असोज काठमाडौं । बलात्कारको आरोप लागेर पदच्युत गरिएका नेकपा नेता कृष्णबहादुर महराको शालीनता फगत् नाटक रहेको पुष्टी भएको छ । सँगसँगै आफ्नो कुकृत्यले अर्काको जीवन नै वर्वाद गर्न समेत उनी चुकेनन् ।
संसद् सचिबालयकी स्वास्थकर्मी रोशनी शाहीसँगको अवैध सम्वन्ध सार्वजनिक भएसँग उनको राजनीतिक जीवन नै धरापमा परेपछि थप अपराधको बाटो रोजेका छन् ।
रोशनीले घटना सार्वजनिक गरेकाले राजनीतिक जीवन ध्वस्त भएपछि महराले बदलाको भावले थप अपराध गरेका छन् । रोशनीका पति चित्रजंग शाहीलाई प्रभावमा पारी पारपचुकेसम्मको अपराध गराएका छन् ।झण्डै तीन दसक लामो दाम्पत्य जीवन नै ध्वस्त बनाइ दिएका छन् । एउटी अवला नारीले सभामुख जस्तो गरिमामय पदमा आसिन व्यक्तिको पाप कर्म सार्वजनिक गर्दा उनले थप पीडा भोग्नु परेको छ ।
पतिकै प्रभाव र दवावमा रोशनीले घटना भएको भोलिपल्ट महरालाई जोगाउने आसयको बयान दिएकी थिइन् । सभामुख पद गएसँगै राजनीतिक जीवन नै तहसनहस हुने देखेपछि महराले चित्रजंगमार्फत रोशनीमाथि विभिन्न खाले टर्चर दिइएको स्रोतको दावी छ ।
रोशनीको बैवाहिक जीवनमा लाग्यो ब्रेक !
घटना नाटकीय रुपले अघि बढिरहँदा नेपालमा महिलावादीको नाममा बेला बेला सडक तताउने अधिकारकर्मी भने मौन देखिएका छन् । एउटी अवला महिलामाथि यत्रो अत्याचार हँुदासमेत महिला अधिकारकर्मी भने चूपचाप देखिनु आफैंमा बिडम्बना हो ।
बाघको छाला ओढेको ब्वाँसोका रुपमा महराको चेहरा उदांगो हँुदासमेत अधिकारकर्मीको आवाज नआउनुले धेरै कुराको संकेत गरेको छ । साथै यो घटनाले नेकपा भित्रको बेथिति र नक्कली शालिनतासमेत छलाछुल्ल भएको छ । खोजी पसे नेकपा भित्र यस्ता घटना मनग्गे पाउन सकिने दावी स्रोतले गरेको छ ।
महरा जस्ता धेरै ब्वाँसा नेकपा भित्र छन् , त्यो समयक्रममा बाहिर आउन पनि सक्छ – स्रोतको दावी छ । एउटी नारीको अस्मिता लुटिएको छ , अनि उसैलाई थप पीडा दिने काम भइरहेको छ , यो भन्दा लज्जास्पद के होला ?
पत्रकार अजयबाबु शिवाकोटीमाथि सुरक्षा थ्रेट बढ्यो
महराले आफूमाथि लागेको आरोप गलत सिद्ध गर्न सत्ताको रवाफ र प्रभावको जतिसुकै दुरुपयोग गरेपनि जनताको तहमा उनी दोषी ठहरिसकेका छन् । त्यसैले अब क्लीन चिट पाउने आसयले गरिने कुनै पनि काम भनको भैसीलाई क्रिम पाउडर लगाएर गोरो बनाउन खोजे जस्तो मात्र हो ।
त्यसैले यो घटनाबाट राजनीतिलाई पेशा बनाउनेहरुका लागि राम्रो सवक मिलेको छ । तर महिला अधिकारकर्मीका रुपमा डलर खेती गर्नेहरुको परीक्षण भने आगामी दिनमा देश र जनताले अवश्य पनि गर्ने नै छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार