नवलपरासीका बिभिन्न शक्ति पिठहरुमा भक्तजनहरुको घुईचो
नेपालबहस संवाददाता
असोज १७, २०७६ शुक्रबार १९:३०:४५
मिना कंडेल
१७ असोज, नवलपुर । नेपालीहरुको महान चार्ड बडा दशैं सुरु भएलगतै यतिबेला पूर्वी नवलपरासीका बिभिन्न मठमन्दिरमा भक्तजनहरुको घुईचो लागेको छ । बिभिन्न देबी दुर्गा माताको मंन्दिरहरुमा देबी भगबती र दुर्गाको मुर्तिमा बिशेष पुजा आजा गर्न भक्तजनहरुको घुईचो लागेको हो ।
पुर्वी नवलपरासीको गैडाकोट नगरपालिकाको मौलाकालीका मन्दिर , दाउन्ने स्थित दाउन्ने ,कैलाश , कावासोतीमा रहेका देबी , मनकामना , त्यस्तै देवचुलिका देबी लगाएतका मन्दिरहरुमा अन्य समय भन्दा बढि घुईचो लागेको स्थानीय संजीब तिवारीले बताए ।
ति मठ मन्दिरहरुमा दशै सुरु भए लगतै दैनिक रुपमा बिशेष पुजाआजा भईरहेका छन् । दशैको बेलामा बिभिन्न शक्ति पिठहरुमा श्रदालुहरु भक्तजनहरुले पुजा अर्चना गरेमा परिवारीक सुुखशान्ती मिल्ने धार्मिक विश्वास रही आएको मौलाकालिका धार्मिक सेबा समितिका अध्यक्ष शालिकराम सापकोटाले बताए ।
मौलाकालिका मन्दिर गैंडाकोटमा घटस्थापना देखि महानवमी सम्म तीन लाख तीर्थालुले पुजा अर्चना गर्ने गर्दछन अध्यक्ष सापकोटाले भने, घटस्थापना पछिका दशैका बिभिन्न दिनहरुमा यस्ता शक्तीपिठहरुमा दुर्गालाई बोका लगायतका पशु बली दिई मिठो मिठो खाने गरेको पाईन्छ ।
तराई मधेशका बिभिन्न भागमा दुर्गा भवानीको मुर्ति समेत स्थापना गरी दशैंको पुजा भर्ने चलन रहेको कावासोती ८ मा अवस्थित दुर्गा मन्दिरका पुजारी शिवलाल गौतमले बताए ।
तराई मधेशमा ठांउ ठांउमा दुर्गा भवानीको मुर्ति बनाएर गांउ भरीका मानिसले पुजा गर्ने र घटस्थापना देखि नौ दिन सम्म अधिकांशले चोखो निष्ठा गरी दुर्गा माताको नाममा मधेशमा बस्ने पहाडि समुदायले उपहास बस्ने पनि चलन रही आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेवघाट महामहोत्सवबाट भक्तजनको मन जितेर फर्किइन् देवी प्रतिभा
माघ ११, २०८१ शुक्रबार
पाथीभरामा साउनदेखि पुससम्म एक करोड ३० लाख भेटी सङ्कलन
माघ ९, २०८१ बुधबार
चिनियाँ नयाँ वर्षको अवसरमा ठमेलमा चिनियाँ सांस्कृतिक कार्यक्रम
माघ ६, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार