जङ्गली बँदेलको आक्रमणबाट चार जना घाइते
नेपालबहस संवाददाता
असोज १७, २०७६ शनिबार १:४९:५०
१७ असोज, कञ्चनपुर । जङ्गली बँदेलको आक्रमणमा परेर आज कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पारीफाँटाका चार जना घाइते भएका छन् ।
धानबाली खान दिउँसै खेतमा छिरेका बँदेललाई कुकुरले लखेटेर मार्न थालेपछि बचाउन गएका प्रमानन्द बुढा क्षेत्री, सुदर्शन ठगुन्ना, धीरेन्द्रबहादुर खत्री र अमृता बोहरा घाइते भएका छन् ।
घाइते चार जनाको महाकाली अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको वडाध्यक्ष बहादुर महराले बताए । “बँदेललाई बचाउन जाँदा बँदेलले उल्टै आक्रमण गर्दा पाँच जना घाइते भएका छन्”, वडाध्यक्ष महराले भने, “कुकुरको आक्रमणबाट दुई वटा वयस्क पोथी बँदेलको मृत्यु भएको छ भने दुई वटाको उद्धार गरी नजिकैको वैजनाथ सामुदायिक वनमा सुरक्षितरुपमा छाडिएको छ ।” मरेका बँदेललाई सरोकारवालाको रोहवरमा कागजात तयार गरी खाल्डोमा हालेर पुरिएको उनको भनाइ छ ।
भित्र्याउनै लागेको धानबाली बँदेललगायतका जङ्गली जनावरले खान थालेपछि स्थानीय किसानले सास्ती खेप्न बाध्य भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार