शारीरिकरुपमा अशक्त भएका व्यक्तिलाई ह्वीलचियर वितरण
नेपालबहस संवाददाता
असोज १८, २०७६ शनिबार १३:२४:२६
१८ असोज काठमाडौं । शारीरिकरुपमा अशक्त व्यक्तिलाई ह्वीलचियर वितरण गरिएको छ । स्वावलम्बन जीवन पद्धति केन्द्र, इन्फिनिटी ल्याब र बालाजु स्कूल अफ इञ्जिनीयरिङ एण्ड टेक्नोलोजी कलेजको संयुक्त सहभागितामा निर्माण गरिएको ह्वीलचियर ३० जनालाई वितरण गरिएको हो ।
रिपब्लिक अफ सान मारिनो सरकारको रु छ लाख ५० हजार आर्थिक सहयोगमा निर्माण गरिएको उक्त ह्वीलचियर सान मारिनोका पूर्वराष्ट्रप्रमुख मिर्को तोमा सोनीले हिजो वितरण गरे।
कार्यक्रममा पूर्वराष्ट्रप्रमुख सोनीले शारीरिकरुपमा अशक्त भएका व्यक्तिलाई सहयोग गर्न पाएकामा खुशी व्यक्त गरे । “म आफुँ अशक्त भएकाले अशक्तहरुको पीडा मैले बुझेको छु, त्यसैले मजस्ता अरु व्यक्तिको सहयोग गर्न पाउँदा मलाई आनन्द आउँछ,”–उनले भने। आगामी दिनमा पनि सहयोग गर्ने उनको भनाई थियो ।
बालाजु स्कूल अफ इन्जिनीयरीङ एण्ड टेक्नोलोजी कलेजका प्राचार्य निर्मल न्यौपानेले बालाजु कलेजले विभिन्न सङ्घ संस्थाको सहयोगमा सामाग्री उत्पादन गरी सहयोग गर्दै आइरहेको जानकारी दिए ।
स्वाबलम्बन जीवन पद्दती केन्द्रका अध्यक्ष गणेश केसीले केन्द्रले विस २०६३ देखि ह्वीलचियर निर्माण गरि शारिरीक अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्दै आइरहेको जानकारी दिए । केन्द्रले हालसम्म २०० भन्दा बढी व्यक्तिलाई ह्वीलचियर प्रदान गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार