इराकी प्रधानमन्त्रीद्वारा हिंसात्मक प्रदर्शन रोक्न आग्रह
नेपालबहस संवाददाता
असोज १८, २०७६ शनिबार १३:५८:५०
१८ असोज, एजेन्सी । इराकी प्रधानमन्त्री अदेल अब्दुल माहदीले तीन दिनदेखि मुलुकभर जारी हिंसात्मक प्रदर्शन रोक्न प्रदर्शनकारीलाई शुक्रबार आग्रह गरेका छन् ।
बेरोजगारी, सरकारी भ्रष्टाचार र आधारभूत सेवाको अभाव रहेको भन्दै इराकका प्रमुख शहर बजारमा तीन दिनदेखि हिंसात्मक प्रदर्शन जारी छन् । प्रदर्शनलाई नियन्त्रणमा लिनेक्रममा कम्तीमा ३८ जनाको मृत्यु भइसकेको छ ।
टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अब्दुल माहदीले प्रदर्शनका कारण आम सर्वसाधारणको मृत्यु भएकामा दुःख लागेको र शान्तिपूर्ण प्रदर्शनलाई उत्तेजित बनाउन एवं भडकाउन केही तत्वले भूमिका खेलेकामा खेद छ भने ।
प्रधानमन्त्री माहदीले भने, तपाइँको मागका बारेमा सरकारलाई राम्रोसँग थाहा छ । हामी सबै सम्भव उपायद्वारा जनताले उठाएका मागलाई सम्बोधन गर्न तत्पर छौं ।
उनले अति कमजोर वर्गका परिवारका लागि राहत कार्यक्रम ल्याउने वचनवद्धता प्रकट गरे । प्रदर्शनका कारण एक हजार ६४८ जना घाइते भएका छन् ।
इराकी स्वतन्त्र मानवअधिकार आयोगका अनुसार इराकका बग्दाद र दक्षिणी इराकी शहरमा भएका प्रदर्शनमा ३८ जनाको मृत्यु भएको पाइएको छ जसमा दुई जना सुरक्षाकर्मीको पनि ज्यान गएको छ ।
प्रदर्शनलाई नियन्त्रणमा ल्याउने क्रममा ३६० जना सुरक्षाकर्मी पनि घाइते भएका छन् । अधिकांश घाइते उपचार पछि घर फर्केका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार