दशै घरमा फूलपाती भित्राएपछि टुँडिखेलमा हर्ष बढाई [फोटो फिचर]
नेपालबहस संवाददाता
असोज १८, २०७६ आइतबार १:३:५०
१८ असोज, काठमाडौं । बडादशैंको सातौ दिन शनिबार नेपाली सेनाले काठमाण्डौको टुँडिखेलमा फुलपातीको हर्षबढाई गरेको छ ।
हनुमानढोका दरबारस्थित दशै घरमा फूलपाती भित्राएपछि शनिबार अपरान्ह सेनाले सैनिक मञ्च टुँडिखेलमा हर्ष बढाई समारोह गरेको हो ।
समारोहमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो भने ‘बडा दशैं २०७६’ को अबसरमा नेपाली सेनाले राईफलबाट छिटो लहरे बढाइँ, बेग्ला बेग्लै पाटामा एकठ्ठा बढाइँ र सबै पाटाले एकठ्ठा बढाइँ गरेको थियो ।
त्यसैगरी, सोही अवसरमा बढाइँ कवाज टोलीले नेपाली सेनाकोे चिन्ह षट्कोण तथा राष्ट्रिय झण्डाको आकृति प्रदर्शन गरी लहरे र एकठ्ठा बढाइँ गर्नुको साथै विभिन्न तोपबाट समेत लहरे तथा एकठ्ठा बढाइँ गरेको थियो । सो क्रममा सेनाको हेलिकप्टरबाट पुष्पबृष्टि गरिएको थियो ।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्याधिश चोलेन्द्र शम्शेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना लगाएत संबैधानिक निकायका प्रमुख, उच्चपदस्थ सरकारी अधिकारी, नेपालका लागि विभिन्न देशका राजदुत लगायतको उपस्थिति थियो ।
नेपाली सेनाले प्रत्येक बर्ष फुलपातीका दिन फुलपाती भित्राएको अवसरमा हर्षबढाई समारोह गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार