विप्लव समूहका सेक्रेटरीसहित दुई जनालाई पक्राउ गरी सार्वजनिक !
नेपालबहस संवाददाता
असोज १८, २०७६ आइतबार १:११:५७
१८ असोज, विराटनगर । नेत्रविक्रम चन्द विप्लव समूहका मोरङ जिल्ला सेक्रेटरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित पत्रकार सम्मेलनमा मोरङको बूढीगङ्गा गाउँपालिका–३ बस्ने विप्लव समूहका सेक्रेटरी आभाष भन्ने कुमार खतिवडालाई विराटनगर–४ को इक्राइबाट को २० प ५८८८ नंको मोटरसाइकल साथ प्रहरीले बिहीबार साँझ ५ बजे पक्राउ गरेको जनाएको छ ।
निजले दिएको जानकारीबाट बूढीगङ्गा गाउँपालिका–७ धरहरा बस्ने कुमार डाँगीलाई विष्फोटक पदार्थ र त्यसमा प्रयोग हुने सामग्री तीन फिट माटोमुनि प्लाष्टिकमा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरिएको छ ।
प्रहरीले निओजल ९० लेखिएको ‘जिलेटिन’ विष्फोटक पदार्थ ४३ थान, एरियलसहितको सेतो रिमोट एक, तार जोडिएको बक्स एक, रातो टेप र तारसहितको डेटकार्ड एक, केप दुई, मसिनो तार एक र मोबाइल एक प्रहरीले बरामद गरेको हो ।
यसैगरी निजहरुका साथबाट विप्लव समूहका विभिन्न दस्तावेज, प्रेस विज्ञप्ति, झण्डा, आर्थिक सहयोग पत्र, सहयोग रसिद दुई ठेलीलगायतका अन्य सामग्री बरामद गरेको पत्रकार सम्मेलनमा जनाइएको छ ।
प्रदेश प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले चन्दा माग्ने समूह आउना साथ प्रहरीलाई जानकारी गराउन आग्रह गर्दै मोरङमा सो समूहका २० जना अदालतको आदेशमा जेलमा रहेको र २६ अनुसन्धानमा रहेको जानकारी दिए ।
उहाँले खुला सीमाका कारण विष्फोटक पदार्थ भित्रिने भएकाले त्यसका लागि सुरक्षा व्यवस्था कडा पारिएको र मोरङ जिल्लामा शान्ति सुरक्षा सुदृढ रहेको विश्वास दिलाए ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीले विप्लव समूहका गतिविधि मोरङमा निस्तेज गरिएको बताउँदै चन्दा सङ्कलन र विष्फोटनका गतिविधि गरिने भएकाले त्यसलाई नियन्त्रण गर्न समयमा सूचनाका लागि आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, पर्सामा मिश्र, बारामा तामाङ
माघ १२, २०८१ शनिबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार