नवरात्रको आठौं दिन बिन्दबासिनी मन्दिर पोखरामा भक्तजनको घुईचो
नेपालबहस संवाददाता
असोज १९, २०७६ आइतबार १६:३३:३९
१९ असोज, पोखरा । हिन्दू धर्मावलम्बीको मुख्य पर्व दसैंको आठौ दिन आज धुमधामसँग महाअष्टमी मनाइँदैछ । आज बिहानैदेखि मुलुकभरका शक्तिपीठ र देवीका मन्दिरमा श्रद्धालुको घुइँचो लागेको छ ।
देवीभागवतमा उल्लेख अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्न आश्विन शुक्ल अष्टमीमा ज्यादै शक्तिशाली भद्रकाली उत्पन्न भएकी थिइन् ।
महाअष्टमीमा शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्रीलगायत पार्वतीका विभिन्न स्वरूपका देवीहरूको पूजाआजा गरिन्छ । पूजापछि देवीलाई बोका, कुखुरा, हाँस, खसी, राँगो आदि बली दिइन्छ ।
यस दिन कुलदेवतालाई समेत बली दिने प्रचलन छ । पशु बली नगर्नेले नरिवल, कुभिण्डो, केरा, घिरौंलालगायत अर्पण गर्छन् । यसै दिन दसैंघर (हनुमानढोका)को मूल चोकमा तलेजु भवानीलाई ५४/५४ राँगा र बोकाको बली दिइन्छ ।
यस्तै नवरात्रको आठौं दिन,शक्ति पिठ बिन्दबासिनी मन्दिर पोखरामा भक्तजनको घुईचो लागेको छ । बडादशैँअन्तर्गत आज महाअष्ठमीका अवसरमा प्रसिद्ध शक्तिपीठ बिन्दबासिनी मन्दिरमा प्रसाद चढाउन बिहानैदेखि नै श्रद्धालुको भिड लागेको नेपाल बहसका डटकमका प्रधान सम्पादक इन्द्र रिजालले बताए ।
बिन्दवासिनी मन्दिर नेपालको कास्की जिल्लाको पोखरामा अवस्थित प्रसिद्ध मन्दिर हो । यो मन्दिर पोखराको प्रमूख मन्दिर मध्ये एक हो । पोखराको प्रसिद्ध शक्तिपीठ बिन्दवासिनी मन्दिरभित्र भगवतीको प्रतिमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेवघाट महामहोत्सवबाट भक्तजनको मन जितेर फर्किइन् देवी प्रतिभा
माघ ११, २०८१ शुक्रबार
पाथीभरामा साउनदेखि पुससम्म एक करोड ३० लाख भेटी सङ्कलन
माघ ९, २०८१ बुधबार
चिनियाँ नयाँ वर्षको अवसरमा ठमेलमा चिनियाँ सांस्कृतिक कार्यक्रम
माघ ६, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार