दक्षिण अफ्रिकामा सडक दुर्घटनाबाट बर्सेनि १४ हजारको मृत्यु
नेपालबहस संवाददाता
असोज २०, २०७६ सोमबार १२:२:४६
२० असोज, एजेन्सी । दक्षिण अफ्रिकामा सडक दुर्घटनाका कारण हरेक वर्ष करिब १४ हजारको मृत्यु हुने गरेको दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बताएका छन् ।
उनले विश्वमै सडक दुर्घटनाबाट यतिठूलो संख्यामा मानिसको ज्यान जाने मुलुक दक्षिण अफ्रिका भएकामा चिन्ता व्यक्त गरे । सडक दुर्घटनाका कारण मानिसको ज्यान जाने मात्र होइन सम्पत्तिको पनि उत्तिकै क्षति हुने गरेको अध्ययनले देखाएको छ ।
अफ्रिकाको गाउटेन प्रान्तमा आयोजित सडक सुरक्षासम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति रामाफोसाले हरेक वर्ष करिब ९ अर्ब ८० करोड बराबरको सम्पत्ति नोक्सान हुने गरेको जानकारी दिए ।
उनले मानिसको जीवन रक्षाका लागि सरकारी प्रयत्न कमी रहेकामा चिन्ता व्यक्त गर्दै सरकारले सडक सुरक्षाका लागि तत्काल जनचेतनामूलक अभियानका साथै ट्राफिक नियममा कडाई गर्नुपर्ने आवश्यकता महसुस गरेको बताए । उक्त कार्यक्रममा सडक दुर्घटनाका पीडितहरुले आफ्नो जीवनका दुःखद क्षण र भोगाई बारे बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !
असोज ११, २०८१ शुक्रबार
बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन
असोज ११, २०८१ शुक्रबार
अस्ट्रेलियामा मङ्कीपक्सका घटनामा तीव्र वृद्धि, अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यका
असोज ११, २०८१ शुक्रबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार