पूर्व प्रम र राजदूत बालुवाटारमा
नेपालबहस संवाददाता
असोज २३, २०७६ बिहिबार १७:२६:२१
२३ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिन पिङको आसन्न नेपाल भ्रमणलाई फलदायी बनाउन भन्दै प्रधानमन्त्री के पी शर्मा ओलीले आज विहान सरकारी निवासमा पूर्व प्रधानमन्त्री तथा राजदूतहरुसँग छलफल गरेका छन् ।
सी भ्रमणका क्रममा नेपालले के कस्ता मुद्धा उठाउने र कसरी लाभ प्राप्त गर्ने भन्ने विषयमा छलफल केन्द्रित भएको बताइएको छ। कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवा लगायत पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराई तथा खिलराज रेग्मी सहभागी छन् ।
सो अवसरमा प्रधानमन्त्री ओलीले चिनियाँ प्रधानमन्त्री सीसँग नेपालले गर्न लागेको सन्धि सम्झौता लगायत महत्वपूर्ण विषयमा अवगत गराउन् कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए ।
छलफलमा परराष्ट्र मन्त्री लगायत मन्त्रालयका उच्च पदस्थ अधिकारी पनि सहभागी छन् । यस्तै चीनका राजदूत लीलामणि पौडेल तथा पूर्व राजदूतहरु महेश मास्के, टंक कार्की लगायतको उपस्थिति रहेको छ ।
सीको भ्रमणका क्रममा नेपालले चीनसँग रेल्वे लगायत केही महत्वपूर्ण विषयमा सम्झौता गर्ने कार्यक्रम तय गरेको छ ।चिनियाँ राष्ट्रपति सी पर्सि शनिबार दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं आउँदै छन् । चिनियाँ राष्ट्रपतिको तहबाट २३ वर्ष पछि यो भ्रमण हुन लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार