प्रहरी दिवस : प्रधानमन्त्री ओली भन्छन्, अब म हाँस्ने कि रुने ?
नेपालबहस संवाददाता
असोज २४, २०७६ शुक्रबार १८:१९:४०
२४ असोज काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरी दिवस र अमर प्रहरी दिवस बेग्लै तरिकाले मनाउन नेपाल प्रहरीलाई आग्रह गरेका छन् ।
प्रहरी प्रधान कार्यालयले ६४ औं प्रहरी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले दुई वटा कार्यक्रम संगै हुँदा बदाइ दिन र समवेदना प्रकट गर्न गाह्रो हुने भन्दै रुने र हाँस्ने एकै चोटी भएकाले अब प्रहरी दिवस बेग्लै तरिकाले मनाउन आग्रह गरेका हुन् ।
प्रहरीले देशको शान्ति सुरक्षामा खेलेको भुमिकाको चर्चा गर्दै ओलीले पद र अनुहार नहेरी अपराधबारे अनुसन्धान गर्न प्रहरीलाई सोही कार्यक्रम मार्फत आग्रह गरेका छन् । उनले प्रहरी हरेक घटनाको निष्पक्ष छानबिन गर्न स्वतन्त्र रहेको पनि जिकिर गरे ।
ओलीले सरकारको कसको छ, को विपक्ष को पक्ष अथवा को भित्र को बाहिर छ, प्रहरीले वास्ता गर्नु पर्दैन । कुन पदको, कसले अपराध र्गयो, त्यो पनि प्रहरीले मतलब गर्नुहुन्न’, ‘प्रहरीले अनुहार नहेरी कानूनको पालना गर्न गर्नुपर्छ ।’
प्रहरी दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अपराध अनुसन्धानमा कसैको दबाव नसुन्न पनि प्रहरीलाई आग्रह गरे । दबावले निष्पक्ष अनुसन्धान प्रभावित हुने भएकाले विधि र प्रक्रिया अनुरूप अघि बढ्नुपर्ने उनको भनाइ छ ।
उनी भन्छन्, प्रहरीले कसैको दबाव मान्नु पर्दैन । हुँदैन । निष्पक्ष ढंगले छानबिन गर्नुपर्छ’, प्रधानमन्त्रीले भने, ‘यसले मात्रै शान्ति सुरक्षा कायम हुनसक्छ ।’ देश समृद्धिको यात्रामा अघि बढेकाले शान्ति सुरक्षा कायम गरेर अघि बढ्नु पर्ने प्रधानमन्त्री ओलीको जोड छ ।
शून्य सहनशीलता अपनाइ आपराधिक तत्व निस्तेज पार्न प्रहरी कर्मचारीलाई निर्देशन
यस्तै कार्यक्रममा बोल्दै गृहमन्त्री रामबहादुर थापा बादलले आर्थिक अनियमितता, महिला तथा बालबालिकाउपर हुने हिंसाविरुद्धको हरेक क्रियाकलापविरुद्ध शून्य सहनशीलता अपनाइ आपराधिक तत्व निस्तेज पार्न सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।
६४ औं प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले समबोधन गर्दै जनताको भरोसा र विश्वास बोकेको कानून कार्यान्वयन गर्ने संगठनको सदस्यबाट नै कानून उल्लंघन भएको र आर्थिक अनियमितता गरेको कार्य कदापि क्षम्य नहुने बताएका छन् । उनले यदि कानुन उल्घन भए कुनै पनि हालतमा त्यस्तालाई कारवाही गर्न हुनै हिच्किचावट नहुने बताए ।
मन्त्री थापाले जनताको सेवामा खरो उत्र्न प्रहरीलाई आग्रह गरे । प्रहरी संगठनको आलोचनाभित्र लुकेको आवश्यकतालाई मनन गर्दै निर्भिक रूपमा कर्तव्य पथमा अघि बढ्नुपर्ने मन्त्री थापाको भनाइ छ । कार्यक्रममा प्रधानमन्त्री ओली, गृहमन्त्री थापा लगायत कार्यक्रमका विशिष्ट व्यक्तित्वहरुले ६४औँ नेपाल प्रहरी दिवसका अवसरमा अमर शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै प्रहरी स्मारिका विमोचन गरिएको छ ।
६४ औं प्रहरी दिवस २०७६ को अवसरमा आयोजित अमर प्रहरी प्रति श्रद्धाञ्जली अर्पण तथा प्रहरी पुनर्मिलन कार्यक्रम प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी अनुसन्धान र यसका गतिविधिबारे आफ्नो धारणा राख्दै यो बर्ष पूर्वाधार विकासको बर्ष भएको बताएका छन् ।
सुचना प्रविधिको क्षेत्रमा थप स्रोत साधन व्यवस्थापन गरिएको भन्दै आइजीपी खनालले लागुऔषध तस्कर नै प्रहरी अपराधका चुनौती भएको बताएका छन् । नेपाल पर्यटन बर्ष २०२० लाई लक्षित गर्दै प्रहरी दिवसको अवसर पारेर अनलाइन पुलिस रिर्पोट संचालनमा ल्याइएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार