विमानस्थलमै राष्ट्रपति र प्रधानमन्त्रीले सीलाई स्वागत गर्ने
नेपालबहस संवाददाता
असोज २४, २०७६ शुक्रबार १९:१७:२८
२४ असोज काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई स्वागत गर्न राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली आफैं विमानस्थल जाने भएकी छन् ।
उत्तरी छिमेकी चीनबाट २३ वर्षपछि नेपाल आउन लागेका राष्ट्रपति तहको भ्रमणलाई ऐतिहासिक बनाउने सरकारको निर्णय छ ।कार्यक्रमको कार्यतालिका अनुसार राष्ट्रपति स्वयंम स्वागतमा जाने भएकी हुन् । राष्ट्रपति भण्डारी सीको विमानसम्मै जानेछिन्, प्रधानमन्त्रीसहित मन्त्रीहरु भने केही वर रहनेछन् ।
उच्च स्रोतले भन्यो, ‘दुई दशकभन्दा लामो समयपछि हुन लागेको उच्चस्तरीय भ्रमणलाई ऐतिहासिक बनाउन दुवै पक्षले निकै तयारी गरेका छौं । भ्रमणलाई ऐतिहासिक बनाउन राष्ट्रपति नै स्वागतका लागि जाने तयारी छ ।’
कतिपय अवस्थामा उच्चस्तरीय राजकीय भ्रमणका बेला समकक्षीले नै स्वागत गर्ने प्रचलन अन्तर्राष्ट्रिय कूटनीतिमा नयाँ होइन । २०६३र६३ को जनआन्दोलन लगत्तै प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइराला भारत भ्रमणमा जाँदा समकक्षी डा। मनमोहन सिंहले विमानस्थलमै पुगेर स्वागत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार