सिन्धुपाल्चोक बस दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
असोज २४, २०७६ शुक्रबार २०:५८:२७
२४ असोज, सिन्धुपाल्चोक । दशैँ मनाएर काठमाडौं आउदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या ११ जना पुगिसकेको छ ।
करिब ४० जना घाइते भएका छन् । घाइते २३ जनालाई नेपाली सेनाको एमआई–१७ र अर्का एक निजी कम्पनीको हेलिकोप्टरबाट उद्दार गरेर काठमाडौं ल्याइएको छ । उद्धार गरेर काठमाडौं ल्याइएका उनीहरुलाई काठमाडौंको विभिन्न हस्पिटलमा भर्ना गरिएको छ ।
सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा शुक्रबार बिहान ९ः५५ बजे दुर्घटना भएको थियो । बसमा सवार ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जना अस्पताल ल्याउँदा ल्याउँदै र अन्य ५ जनाको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।
मृत्यु हुनेमध्ये इन्द्रावती-९ की ४६ वर्षीय जुनादेवी लम्साल र इन्द्रावती-१० का २० वर्षीय गणेश तामाङको मात्रै सनाखत भएको छ । अन्यको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ग्रामिण सडकमा रहेको घुम्ती पार गर्ने क्रममा बस सडकबाट अन्दाजी ६० मिटर तल खसेको थियो । दूर्घटनाको कारणबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्घटनामा आमाको मृत्यु, छोरी घाइते
माघ १०, २०८१ बिहिबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार