साउदी बन्दरगाह नजिक इरानी तेल ट्याङ्करमा आक्रमण !
नेपालबहस संवाददाता
असोज २४, २०७६ शुक्रबार २१:५२:३९
२४ असोज, एजेन्सी । विस्फोटपछि इरानको एउटा तेल ट्याङ्करमा आगो लागेको छ । इरानी सञ्चारमाध्यमका अनुसार यो घटना साउदी अरबको समुद्री तट जेद्दा बन्दरगाह नजिक भएको हो ।
आगो लागेको तेलको ट्याङ्कर इरानको तेल कम्पनी एनओआईसीको हो । सञ्चारमाध्यमका अनुसार विस्फोट हुँदा इरानी ट्याङ्कर साउदी अरबको तटीय शहर जेद्दाबाट ९७ किलोमिटरको दुरीमा थियो ।
सञ्चार संस्था अलजजीराका अनुसार तेल ट्याङ्करलाई दुइटा संदिग्ध रकेटले निशाना बनाएका थिए । नेशनल इरानी ट्याङ्कर कम्पनीले आफ्नो बयानमा भनेको छ, ‘यो आक्रमण मिसाइलको माध्यमबाट गरिएको हामीले अनुमान गरेका छौँ ।’
आक्रमणबाट ट्याङ्करको दुइटा भण्डारमा क्षति पुगेको छ, जसका कारण तेल लाल सागरमा फैलिएको छ । आक्रमणबाट मानिसहरुलाई भने कोही पनि नभएको जनाइएको छ । गएको महिना १८ ओटा ड्रोन र सात ओटा क्रुज मिसाइलद्वारा साउदी अरबको महत्वपूर्ण तेल प्लान्टमा आक्रमण भएको थियो ।
यो आक्रमणको आरोप इरानमाथि लगाइएको थियो । जुन र जुलाई महिनामा पनि दुइटा तेल ट्याङ्करमा आक्रमण भएको थियो । त्योबेला पनि अमेरिकी अधिकारीहरुले यसको लागि इरानलाई जिम्मेवार ठहराएका थिए ।
यसअघि पनि मे महिनामा चार ओटा तेल ट्याङ्करमा आक्रमण भएको थियो । यद्यपि इरानले भने आफूमाथि लागेको आरोपको खण्डन गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार