सिन्धुपाल्चोक बस दुर्घटनाको छानबिन गर्न कांग्रेसको माग
नेपालबहस संवाददाता
असोज २४, २०७६ शनिबार ३:२:४९
२४ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सिन्धुपाल्चोकको बडहरेमा भएको बस दुर्घटनाको छानबिन गर्न माग गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय मुलुकमा सडक दुघर्टना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल गठन गरी त्यस्ता घटनाहरुको गहिरो अध्ययन गरेर नियन्त्रण गर्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
बसमा क्षमताभन्दा बढी यात्रु सवार हुन दिनु, त्यसको नियन्त्रण नगर्नु र सवारी साधन सञ्चालन गर्नुभन्दा अगाडि त्यसको जाँच नगर्नुले दुर्घटना बढेको कांग्रेसको ठहर छ । कांग्रेसले यस्ता घटना दोहोरिन नदिन सरकारले यथाशीघ्र आवश्यक कदम चाल्नुपर्ने बताएको छ ।
सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौँ आउँदै गरेको हेलम्वु यातायातको बा २ ख २७१५ नम्बरको बस इन्द्रावती गाउँपालिका–१० बडहरे मोडमा आज बिहान दुर्घटना हुँदा १४ को मृत्यु हुनुका साथै दर्जनौँ यात्रु घाइते भएका छन् ।
सभापति देउवाले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे । कांग्रेसले घाइतेको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रहसमेत गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्घटनामा आमाको मृत्यु, छोरी घाइते
माघ १०, २०८१ बिहिबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार