चिनियाँ राष्ट्रपति सीसहित भारतीय प्रधानमन्त्री मोदीद्वारा चेन्नईका महत्वपूर्ण स्थलको भ्रमण तथा अवलोकन
नेपालबहस संवाददाता
असोज २५, २०७६ शनिबार १४:१३:५८
२५ असोज, काठमाडौं । भारत भ्रमणका क्रममा चेन्नई आइपुगेका चीनका राष्ट्रपति सी चिनपिङले शुक्रबार स्थानीय सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक कहत्वका स्थलको भ्रमण तथा अवलोकन गरेका छन् ।
चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच करिब ४० मिनेट एक्लाएक्लै (वानटुवान) वार्ता हुने पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सी र मोदीको भेटवार्ताका क्रममा दुई देशका सम्बन्ध, हिन्द–प्रशान्त क्षेत्र, सीमा विवाद, आतंकवाद, व्यापार असन्तुलनलगायतका विषयमा छलफल हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
धार्मिक तथा संस्कृतिक महत्वका स्थलको अवलोकन भ्रमणमा शुक्रबार राष्ट्रपति सीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्दै स्थानीय देवालयको भ्रमणमा साथ दिए ।
उनीहरूले पञ्चरथ, कृष्णको जीवनीसँग जोडेर हेरिने मख्खन पर्खाल, अर्जुनले तपस्या गरेको ठाउँ र शोर मन्दिरको भ्रमण गरेका हुन् । शोर मन्दिरमा उनको स्वागतार्थ सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरियो ।
सांस्कृतिक कार्यक्रम अन्तर्गत लोकनृत्यमार्फत् रामायणका केही अंश देखाइएको छ । समुद्र तटमा रहेको सो मन्दिरमा उनीहरूले दर्शन गरे । मन्दिरमा शिव र विष्णु भगवानको मूर्ति प्रतिस्थापन गरिएको छ ।
ती स्थलको भ्रमणका क्रममा उहाँहरूले अनौपचारिक कुराकानी गर्नुका साथै संयुक्तरूपमा फोटो पनि खिचाए । आफूले घुमाएका सांस्कृतिक तथा धार्मिक ठाउँको बारेमा राष्ट्रपति सीलाई प्रधानमन्त्री मोदीले नै व्याख्या गरेर सुनाएका थिए, भने भाषा अनुवादकले उहाँहरुलाई सहयोग गरेका थिए ।
भ्रमणका क्रममा राष्ट्रपति सी सेतो कमिज र कालो पाइन्टमा देखिएका थिए, भने प्रधानमन्त्री मोदी स्थानीय तमिल नाडुको परम्परागत पोशाकमा थिए ।
तमिलनाडु दक्षिण भारतकै प्रमुख सांस्कृतिक, आर्थिक तथा शैक्षिक केन्द्र मानिन्छ । चेन्नई भारतीय राज्य तमिलनाडुको प्रान्तीय राजधानी पनि हो । राष्ट्रपति सीको चेन्नईमा भव्य स्वागत गरिएको छ ।
भारत भ्रमणका क्रममा चिनपिङ शुक्रबार अपराह्न चेन्नई पुगेका थिए । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दोस्रो अनौपचारिक शिखर बैठकका लागि चेन्नई आएका थिए । बैठकका क्रममा दुबै नेताबीच दीर्घकालीन र रणनीतिक महत्व राख्ने द्विपक्षीय सम्बन्धका सबै विषयमा विचार विमर्श भएको बताइएको छ ।
प्रधानमन्त्री र राष्ट्रपतिका रुपमा उहाँहरुका बीचमा अहिलेसम्म १४ पटक भेटवार्ता भएको छ । उनीहरुले सन् सन् २०१४ मा अहमदावाद, सन् २०१५ मा सियान र सन् २०१८मा चीनकै युहानमा गर्नुभएको भेटवार्तालाई महत्वका साथ हेरिने गरिएको छ ।
चिनियाँ राष्ट्रपति भारतमा शुक्रबार र शनिबार गरी करिब ६० घण्टा रहने छन् । उनी शनिबार नेपालको राजकीय भ्रमणका लागि अपरान्ह् त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ ।
नेपालमा दुई दिनको भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा वलीलगायतका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता हुने कार्यक्रम रहेको छ । चिनियाँ राष्ट्रपति आइतबार स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार