चिनियाँ राष्ट्रपति सी चिनफिङ आज नेपाल आउँदै
नेपालबहस संवाददाता
असोज २५, २०७६ शनिबार १८:५५:४२
२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ २ दिने भ्रमणका लागि आज काठमाडौं आउँदैछन् । सीको स्वागतका लागि नेपाल सरकारले भव्य तयारी गरेको छ । सीको स्वागतमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थल पुग्नेछन् ।
त्रिभुवन विमानस्थलमै सीको स्वागतमा नेपाली सेनाले २१ तोपको सलामी दिइने छ । यसअघि राजकीय भ्रमणमा आउने विशिष्ठ पाहुनालाई टुँडिखेलमा सलामी दिइने गरिएपनि यसपटक सुरक्षाका कारण त्रिभुवन विमानस्थल मै दिइन लागिएको हो ।
आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सीको भ्रमण हुने रुटको निरीक्षण गरेका छन् । प्रधानमन्त्रीले त्रिभुवन विमानस्थलदेखि सोल्टीमोर्डसम्मकै सकडको निरीक्षणसहित सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् ।
प्रधानमन्त्रीले सुरक्षाकर्मीसँग सुरक्षाअवस्थाको जानकारी लिनुका साथै सीको स्वागतमा गरिने सांस्कृतिक प्रहर्सन र रात्रिभोजको तयारीका बारेमा पनि जानकारी लिएको प्रधानमन्त्री प्रेस संयोजक डा। कुन्दन अर्यालले जानकारी दिए ।
निरीक्षणपछि प्रधानमन्त्रीले वातावरण राम्रो बनेको बताएका छन् । सरकारले स्वागतको भव्य तयारी गरेसँगै प्रतिपक्षी दलले पनि सीको स्वागतमा वक्तव्य जारी गरेको छ ।
केहि अप्रिय घटना हुनसक्ने अवस्थालाई मध्यनगर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । सार्वजनिक यातायातका साधनलाई पनि दिउँसो १ बजेदेखि राति ९ बजेसम्म सी सवार हुने रुटमा सञ्चालन नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार