महोत्तरीबाट मखानखेती लोप हुन थाले
नेपालबहस संवाददाता
असोज २५, २०७६ शनिबार १९:५०:४३
२५ असोज, जलेश्वर । कुनैबेला सम्पूर्ण मिथिला क्षेत्रकै आम्दानीको राम्रो स्रोतका साथै सम्मानको प्रतीक मानिएको मखानखेती अहिले लोप हुन थालेको छ ।
बद्लिँदो समयसँगै किसान बढ्दो आम्दानीका लागि जिल्लाका सयौँै पोखरीमा माछापालन गर्न थालेपछि महोत्तरी जिल्लाबाट मखानखेती लोप हुन थालेको जानकारहरु बताउँछन् ।
जिल्लामा चाडबाड, पर्व त्यौहार, पूजाआजा, विवाह व्रतबन्ध जस्ता शुभ कार्य होस् कि मानिसको मृत्यु संस्कार र श्राद्ध कर्मसमेतमा मिथिलामा मखानको प्रयोग हुने गर्दछ । निक्कै मीठो खाद्य पदार्थका रुपमा रहेको मखान भारतबाट समेत आयातित हुन थालेकाले जिल्लाको मलाह जातिको रोजगारीसमेत घट्दै गएको मलाह जातिका नेता रामविशेष मुखिया बताउछन् ।
धेरै आम्दानीका लागि किसान माछापालन गर्न थालेपछि सो खेती लोप हुन थालेपछि उनीहरुको पेशा सङ्कटमा परेको छ । विशेषगरी पोखरी तलाउमा गरिने मखानखेतीमा शुरुमा केही मेहनत र खर्च गर्नु परे पनि पछि थोरै मिहेनतमा प्रशस्त आयआर्जन गर्न सकिने भएकाले पनि यहाँका मलाह जाति मखानखेतीतर्फ दिनप्रतिदिन आकर्षित भएका थिए । अहिले यस पेशाप्रति किसान उदासिन देखिएका छन् ।
मखान पोखरीभित्र तयार भएपछि मलाह जातिले पोखरीमा डुबुल्की लगाएर कठिनरुपमा पानी बाहिर निकाली घाममा सुकाई आगोमा भँुटेर लावा तयार गरी बेच्ने चलन रहेकामा अहिले ती क्रियाकलाप देखिन छाडिएको छ ।
मखानखेती जिल्लाको मटिहानी, सिमरदही, धिरापुर, आवर रामगोपालपुर, हरिहरपुर हरिनमरी र सदरमुकाम जलेश्वर नगरपालिका क्षेत्रलगायत दर्जनौँ गाउँमा करीब २५० बढी पोखरीमा गरिन्थ्यो तर अहिले कताकतै मात्र हुने गरेको स्थानीय बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
हेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप लगाउने तयारी
पुष २७, २०८१ शनिबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार