चिनियाँ राष्ट्रपतिको भ्रमण– २८ जना ‘शंकास्पद व्यक्ति’ पक्राउ
नेपालबहस संवाददाता
असोज २५, २०७६ शनिबार २१:२९:६
२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका बेला हुनसक्ने संभावित विरोध प्रदर्शन रोक्न प्रहरीले २८ जना ‘शंकास्पद व्यक्ति’लाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले बिहीबार साँझदेखि शनिबार मध्याह्नसम्म गरी काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट २८ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले सी काठमाडौं उत्रिने दिन शनिबार मात्रै ४ जनालाई काठमाडौंका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको छ ।काठमाडौंको तीनकुने, बिजुलीबजार र थापाथली क्षेत्रबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले जनाएको छ ।
राष्ट्रपति सी शनिबार अपराह्न साढे ४ बजेदेखि ५ बजेको बीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने जनाइएको छ ।सीको सवारी हुने रुटमा दिउँसो २ बजेदेखि नै पूर्ण रुपमा सवारी सञ्चालनमा रोक लगाइने जनाइएको छ ।
सीको सवारीका क्रममा पैदल यात्री र सर्वसाधारणलाई समेत सडक किनारामा उभिन नदिइने प्रहरीले जनाएको छ ।चिनियाँ राष्ट्रपति सीको भ्रमणलाई लक्षित गरी काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
सीको भ्रमणका बेला सुरक्षा व्यवस्थापनका लागि १५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । सीको सुरक्षाका लागि चीनबाटै आएका चिनियाँ जनमुक्ति सेनाका अतिरिक्त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, पर्सामा मिश्र, बारामा तामाङ
माघ १२, २०८१ शनिबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार