राष्ट्रपति सीको उच्च सुरक्षा : सडकदेखि अग्ला घरका छतमा सेना !
नेपालबहस संवाददाता
असोज २५, २०७६ शनिबार २१:५४:३९
२५ असोज, काठमाडौं । काठमाडौंमा शनिबार बिहानैदेखि चिनियाँ राष्ट्रपति सी जिनफिङको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालनपारिएको छ । राष्ट्रपति सीको नेपाल भ्रमणलाई लक्षित गरी राजधानी काठमाडौंको सडकदेखि आकाशको सुरक्षा गर्न घरको छतमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ ।
राष्ट्रपति सीको उच्च सुरक्षा गर्दै सडकदेखि अग्ला घरका छतमा पनि अत्याधुनिक हतियारसहितका सेना खटाइएको छ । घरका छतमा खटिएका सेनाले अत्याधुनिक दुरविन प्रयोग गरी निगरानी गर्दै आएका छन् । सीलाई सुरक्षा दिन काठमाडौंको सडकमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान विभागको टोली परिचालन गरिएको छ ।
सुरक्षाका लागि करिब १५ हजार सुरक्षाकर्मी काठमाडौंमा परिचालन गरिएको गृहमन्त्रालय स्रोतले बताएको छ । सुरक्षाकर्मीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सवारी रुट, चिनियाँ राष्ट्रपति सी बस्ने सोल्टी होटल तथा अन्य संवेदनशील स्थानमा खटाइएको छ ।
सी काठमाडौं आउनुअघि नै चिनियाँ जनमुक्ति सेनाको कमाण्डो टोली नेपाल आएर सुक्ष्म निगरानी गर्दै आएको छ । चिनियाँ जनमुक्ति सेना सादा पोशाकमा परिचालित हुने गृह मन्त्रालयले जनाएको छ ।
सी दुईदिने औपचारिक भ्रमणका लागि भारतको चेन्नाई हुँदै नेपाल भ्रमणमा आउन लागेका हुन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमा स्वागत गर्नेछिन् । चिनियाँ राष्ट्रपति सी काठमाडौं अवतरण गर्दा विमानस्थलसमेत करिब दुई घण्टा बन्द गरिने छ । उनी आइतबार स्वदेश फर्किने कार्यक्रम छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप लगाउने तयारी
पुष २७, २०८१ शनिबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार