राष्ट्रपति सीले नेकपाका नेतासँग सामूहिक भेट गर्ने
नेपालबहस संवाददाता
असोज २६, २०७६ आइतबार १५:१५:४८
२६ असोज, काठमाडौं । करिव २३ बर्षपछि नेपालको दुई दिने भ्रमणमा आएका चीनका राष्टपति सी जिनपिङले आइतबार पनि भेटवार्तालाई तीव्रता दिने भएका छन् ।
चिनियाँ राष्ट्रपति सीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यतालिका छ । यस अघि भ्रमणमा आएको पहिलो दिन शनिबार समकक्षी नेपाली राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई भेट गरेका छन् ।
चिनियाँ राष्ट्रपति सीले सत्तारुढ दलका अध्यक्ष दाहालको नेतृत्वमा बिहान १० : ३० बजे नेकपाका नेताहरुसँग सामूहिक भेट गर्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
भेटमा नेकपाका सचिवालयका सदस्यहरु सहभागि हुने बुझिएको छ । सामूहिक भेटपछि भने अध्यक्ष दाहाल र चिनियाँ राष्टपति सीबीच एक्ला–एक्लै भेटवार्ताको समय पनि निर्धारण गरिएको छ ।
अध्यक्ष दाहालसँगको भेटपछि भने राष्टपति सीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्ने कार्यतालिका छ । भेटमा आपसी हित र सहकार्यका विषयमा कुराकानी हुने छ ।
प्रधानमन्त्रीसँगको भेटपछि भने द्विपक्षीय वार्ताको कार्यतालिका छ । नेपाल र चीनबीच विभिन्न परियोजना निर्माणका लागि सम्झौता हुँदैछ । राष्टपति सीको सहभागितामा परियोजनामा हस्ताक्षर हुने कार्यक्रम छ । त्यसपछि भने उनी दिउँसो १ बजे स्वदेश प्रस्थान गर्ने कार्यतालिका छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार