त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे २ घण्टा बन्द हुने
नेपालबहस संवाददाता
असोज २६, २०७६ आइतबार १५:२१:६
२६ असोज, काठमाडौं । आइतबार पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे २ घण्टा बन्द हुने भएको छ । आइतबार बिहान ११ बजेर २० मिनेटदेखि १ बजेर ५० मिनेटसम्म विमानस्थलबाट कुनै पनि उडान र अवतरण नहुने विमानस्थल कार्यालयले जनाएको छ ।
चिनियाँ राष्ट्रपति चिनियाँ राष्ट्रपति सी जिनपिङ दिउँसो साढे १२ बजे चीन प्रस्थान गर्ने भएकाले यो समयमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण बन्द गर्न लागिएको हो । शनिबार चिनियाँ राष्ट्रपति सी आउने बेला पनि दिउँसो २ बजेर ५५ मिनेटदेखि बेलुकी ५ बजेर २५ मिनेटसम्म सबै उडान र अवतरण रोकिएका थिए ।
यस्तै, आइतबार पनि काठमाडौंको रिङरोडभित्र ठूला मालवाहक गाडी प्रवेशमा रोक लगाइएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण लक्षित गरी सुरक्षा व्यवस्थालाई ध्यान दिएर शनिबार र आइतबार रिङरोडभित्र ठूला गाडी चलाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाले काठमाण्डौ उपत्यकामा अनावश्यक गाडी प्रयोग नगर्न र अनावश्यक हर्न नबजाउन पनि आग्रह गरेको छ ।नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी खटिएका छन् ।
सीको सुरक्षाका लागि चिनीयाँ सुरक्षाकर्मीको टोली पनि काठमाडौंमा छ । सीको भ्रमणको अवसरमा सरकारले आइतबार देशैभर सार्वजनिक बिदासमेत दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
हेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप लगाउने तयारी
पुष २७, २०८१ शनिबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार