नेपाल र चीनबीच उच्चस्तरीय औपचारिक वार्ता सोल्टी होटलमा शुरु
नेपालबहस संवाददाता
असोज २६, २०७६ आइतबार १६:४८:३३
२६ असोज, काठमाडौं । नेपाल र चीनबीच उच्चस्तरीय औपचारिक वार्ता सोल्टी होटलमा सुरु भएको छ । नेपालबाट प्रधानमन्त्री केपी ओली र चीनबाट राष्ट्रपति सी जिनपिङले नेतृत्व गर्ने प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्तामा नेपालले उच्च तहको राजनीतिक सद्भाव वृद्धिसहित कनेक्टिभिटीलाई मुख्य विषय बनाउँदै उच्चस्तरीय वार्ता शुरु भएको हो ।
उच्चस्तरीय वार्तामा नेपालबाट प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्रीहरू ईश्वर पोखरेल र उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, ऊर्जामन्त्री वर्षमान पुन, उद्योगमन्त्री मातृका यादवसहित उच्च अधिकारी सहभागी भएका छन् ।
चिनियाँ पक्षबाट विदेशमन्त्री वाङ् यी, चिनियाँ कम्युनिस्ट पार्टी सिपिसीका पोलिटब्युरो सदस्य एवं राष्ट्रपति सीका निकट सहयोगी नेता दिङ सुइसियाङ, सिपिसीका पोलिटब्युरो सदस्य एवं पार्टीको विदेश मामिला आयोगका डाइरेक्टर, पूर्वविदेशमन्त्री याङ जेइची, चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वशासित क्षेत्र हेर्ने सचिव यु यिङ जी, चीनको राष्ट्रिय विकास तथा सुधार आयोगका मिनिस्टर इन्चार्ज हे लिफेङसहितका उच्च अधिकारीसहभागी भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपृथ्वीजयन्ती : राप्रपाको चियापनमा कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी
पुष २७, २०८१ शनिबार
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
पुष २७, २०८१ शनिबार
कजाकस्तानले तेल उद्योगलाई प्रदूषणको लागि जरिवाना
पुष २७, २०८१ शनिबार
पृथ्वीजयन्ती : राप्रपाको चियापनमा कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार