दशैँ अवधिमा ११३ सवारी साधन कारवाहीमा
नेपालबहस संवाददाता
असोज २६, २०७६ आइतबार १७:४७:५५
२६ असोज,राँझा । नेपालगञ्जमा दशैँको बेला नियमविपरीत सञ्चालन भएका ११३ सवारी साधन कारवाहीमा परेका छन् । नियमविपरीत सञ्चालित ११३ सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही गरिएको ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका प्रमुख प्रहरी नायब निरीक्षक भीमराज वलीले बताए ।
उनका अनुसार, ट्राफिक नियम पालना नगर्ने, कागजपत्र साथमा नराखेका र क्षमताभन्दा बढी सामान ढुवानी गर्ने ११३ सवारी साधन कारवाहीमा परेका हुन् । नियमविपरीत सञ्चालित सवारी साधनलाई कारवाही गरी रु ६७ हजार ५०० राजश्व सङ्कलन गरिएको प्रहरी नायब निरीक्षक वलीले जानकारी दिए।
असोज ११ गतेदेखि असोज २५ गतेसम्म नेपालगञ्जमा मात्रै ४५० सवारी साधनका नम्बरप्लेट पुनः लेख्न लगाइएको छ । जिल्लाभर भने ७५० बढी सवारी साधनको नम्बरप्लेट पुनः लेख्न लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमले जानकारी दिए ।
उनको अनुसार, नम्बरप्लेट नराखी सञ्चालनमा ल्याइएका नयाँ सवारी साधन र नम्बरप्लेट मेटिने अवस्थामा रहेका सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गरिएको हो । नियन्त्रणमा लिएका सवारी साधनलाई कोहलपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमै नयाँ नम्बर प्लेट लेखाइएको हो । नियन्त्रणमा लिएर सम्झाउँदा पनि नम्बरप्लेट नलेखेको पाइएकाले तुरुन्तै नम्बरप्लेट लेख्ने व्यवस्था गरिएको उनको भनाइ छ ।
ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक बमले दशैँको अवसरमा सामान्य दुर्घटना भए पनि बाँकेमा सडक दुर्घटनाबाट कसैको ज्यान नगएको जानकारी दिए । उनका अनुसार, दशैँमा सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरूस्त कारवाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित चाडपर्व विशेष सुरक्षा रणनीति अगाडि सारिएको थियो ।
भीडभाड हुने स्थल र टिकट काउन्टरहरुमा हुन सक्ने ठगी तथा आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सादा पोशाकसमेत प्रहरी परिचालन गरी निगरानी गरिएका कारण सर्वसाधारण ठगिने क्रम कमी भएको प्रहरी निरीक्षक बमको दाबी छ ।
बाँकेमा नेपाल–भारत सीमा क्षेत्र जमुनाह, नेपालगञ्ज बसपार्क र कोहलपुर बसपार्कमा स्थायी तथा चप्परगौडी, पुष्पलालचौक र कोहलपुर चौराहमा अस्थायी यात्रु सहायता केन्द्र सञ्चालन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, पर्सामा मिश्र, बारामा तामाङ
माघ १२, २०८१ शनिबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार