पदयात्रा नामकरण गराउन डोल्पामा साइकलयात्रा
नेपालबहस संवाददाता
असोज २६, २०७६ आइतबार १७:५२:४७
२६ असोज डोल्पा । क्याराभान–थिन्ले पदयात्रा नामकरण गराउन डोल्पामा साइकलयात्रा निकालिएको छ । क्याराभान–थिन्ले पदयात्रा नाम राख्न दबाबस्वरुप १७ जना साइकल यात्रीको टोली डोल्पा आइपुगेको छ ।
क्याराभानका नायक थिन्ले लेण्डुप लामाको सम्झनास्वरुप सुलिगाडदेखि फोक्सुण्डो तालसम्मको सडकमार्गलाई क्याराभान–थिन्ले पदयात्रा नामकरण गराउन दबाबस्वरुप काठमाडौँदेखि डोल्पासम्म साइकल यात्रा गरिएको हो ।
अन्तरराष्ट्रिय ओस्कार अवार्डमा मनोनयनमा पर्न सफल क्याराभान चलचित्रमा अभिनय गरेर थिन्लेले डोल्पा र डोल्पाली संस्कृतिलाई विश्वमाझ चिनाए पनि देहान्तपछि उनको सम्झनामा कुनै पनि संरचना खडा नगरिएको भन्दै स्थानीय साइकलयात्री रामचन्द्र बस्नेत भाष्करले दुःख व्यक्त गरे ।
आफू तीन वर्षदेखि निरन्तर साइकल यात्रामा लागेकाले साइकल यात्राबाटै आफ्नो जिल्ला र नेपाललाई देश विदेशमा चिनाउने लक्ष्य लिएको उनले बताए। उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको साल्दाङमा जन्मिएका क्याराभान नायक थिन्लेको २०७३ वैशाख १३ गते छेक्पामा घोडाबाट खसेर दुःखद् निधन भएको थियो ।
पदयात्राको नामकरण गराउन दबाबका साथै प्रचुर पर्यटकीय सम्भावना बोकेका नेपालकै गहिरो शे–फोक्सुण्डो ताल, सुलिगाड झरना, नेपालकै प्रसिद्ध शक्तिपीठ बाला त्रिपुरासुन्दरी मन्दिर, जगदुल्ला ताललगायतका पर्यटकीय सम्पदालाई विश्वमाझ चिनाउन पनि साइकल यात्रा शुरु गरिएको साइकल यात्री बस्नेतले बताए। शनिबार मात्रै साइकल यात्री टोलीले साइकलसहित त्रिपुरासुन्दरी मन्दिरमा पुगेर पूजाआजा गरेका थिए ।
डोल्पा जिल्लाले प्रचुर पर्यटकीय सम्भावना बोके पनि प्रसारप्रचारको अभावमा ओझेलमा परेको बताउँदै तीनै तहको सरकारले पर्यटन प्रवद्र्धनका लागि सहयोग गुर्नपर्ने टोलीको भनाइ छ ।
अव्यवस्थित होटेल व्यवसाय एवं चर्को प्रवेश दस्तुरका कारण स्वदेशी तथा स्वदेशी पर्यटक कम आउने गरेको उनीहरुले भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
मेची भन्सारबाट २ अर्ब ९५ करोड बराबरको चिया निर्यात
माघ ८, २०८१ मंगलबार
मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल
माघ ६, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार