कैलाली र कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा कमी
नेपालबहस संवाददाता
असोज २८, २०७६ मंगलबार २०:२७:३०
२८ असोज, भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशको अन्न भण्डार मानिने कैलाली र कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा कमी आउने भएको छ । सिँचाइको अभाव, समयमा आकाशे पानी नपर्नुका साथै रोपाइँमा भएको ढिलाइलगायतका कारणले कैलाली र कञ्चनपुरमा धान उत्पादन २५ प्रतिशतले घट्ने अनुमान गरिएको छ ।
कृषि ज्ञान केन्द्र भीमदत्तनगर निमित्त प्रमुख रामचन्द्र भट्टले यस वर्ष कञ्चनपुरमा ४८ हजार ८९६ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको बताए । उनले यहाँ किसानले लगाएको गरिमा जातको धान नफलेकाले पनि उत्पादन घट्ने बताए । गत वर्ष कञ्चनपुरमा एक लाख ५० हजार २८ मेट्रिकटन र कैलालीमा तीन लाख ५९ हजार ८०० मेट्रिकटन धान उत्पादन भएको भट्टले बताए ।
कञ्चनपुरमा महाकाली सिँचाइ तेस्रो चरण र कैलालीमा रानीजमरा कुलरिया सिँचाइ आयोजना निर्माणाधीन अवस्थामा रहेकाले पनि किसानले आवश्यताअनुसारको सिँचाइ सुविधा पाउन सकेका छैनन् ।
यहाँ धान भित्र्याउने बेलासम्म गरिमा जातको धान लगाएका किसान भने निराश छन् । कञ्चनपुर र कैलाली गरी ९६८ किसानले यहाँ करीब २७२ हेक्टर क्षेत्रफलमा गरिमा जातको धानखेती गरेका छन् । “ढिलो गरी बाला आएकाले किसानले धान फल्नेमा आशा मारिसकेका छन्”, उनले भने, “हामीले धान नफलेको विषय अनुगमन गरेर प्रतिवेदन केन्द्रमा पठाउँछौँ ।”
त्यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिका–३ का किसान पुरन चौधरीले गरिमा जातको धान नफल्दा समस्या भएको बताए । “अरुले धान भित्र्याएर आलुखेती गर्ने तयारी गर्दैछन् ।” चौधरीले भने, “यो पाली गरिमा जातको धानले डुबाउने भयो ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
मेची भन्सारबाट २ अर्ब ९५ करोड बराबरको चिया निर्यात
माघ ८, २०८१ मंगलबार
मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल
माघ ६, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार