राष्ट्रिय महिला भलिबल टोली थाइल्याण्ड जाने
नेपालबहस संवाददाता
असोज २८, २०७६ मंगलबार २०:४७:४२
२८ असोज, काठमाडौं । नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद ‘साग’को तयारीका लागि राष्ट्रिय महिला भलिबल टोली थाइल्याण्ड जाने भएको छ ।
अरुणा शाहीको कप्तानीमा रहेको २२ सदस्य नेपाली टोली वैदेशिक प्रशिक्षणका लागि भोलि त्यतसर्फ प्रस्थान गर्ने नेपाल भलिबल सङ्घले जनाएको छ । सङ्घद्वारा आयोजित बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् ‘राखेप’ का सदस्य सचिव रमेशकुमार सिलवाल, आयोजक सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मा, महासचिव जीतेन्द्रबहादुर चन्द लगायतले बिदाइ गरे ।
कार्यक्रममा राखेप सदस्य सचिव सिलवालले राखेपले भलिबल खेललाई महत्व दिँदै आएको भन्दै घरेलु मैदानमा नै आयोजना हुने १३औँ सागमा नेपालले पदक ल्याउने गरी तयारी गर्न भलिबल टोलीलाई आग्रह गरे ।
उनले सागपछि नेपालमै भलिबल खेलको अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्ने तयारी राखेपले गरेको जानकारी दिए। त्यस्तै, भलिबल सङ्घका महासचिव चन्दले सागमा पदक भित्र्याउनका लागि पनि खेलाडीलाई अन्तर्राष्ट्रिय प्रशिक्षण आवश्यक हुने बताए। साग आगामी मङ्सिर १५ देखि २४ गतेसम्म हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
सभापति कप फुटबलः संकटा क्लब विजयी
माघ १०, २०८१ बिहिबार
२६ लाख राशीको सभापति कप फुटबल प्रतियोगिता आजदेखि सुरु
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार