सञ्चारमन्त्री बाँस्कोटा भन्छन्, सीको भ्रमण ऐतिहासिक र फलदायी !
नेपालबहस संवाददाता
असोज २८, २०७६ बुधबार ०:४:३
२८ असोज काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण ऐतिहासिक र फलदायी भएको बताएका छन्।
सञ्चार केन्द्र नेपालले मंगलबार आयोजना गरेको ‘चिनियाँ राष्ट्रपति सीको भ्रमण, उपलब्धि र कार्यान्वयनका चुनौती’ विषयक अन्तरक्रियामा उनले सीको भ्रमणले मुलुकको विकास सम्भावनाको ढोकासमेत खुलेको बताए ।
“सीको नेपाल भ्रमणले नेपालका लागि बहुआयामिक उपलब्धि हासिल भएको छ”, उनले भने, “अब योजनाहरु कार्यान्वयनका तहमा जानेछन्, यसबाट अबका केही वर्षभित्र नेपालको सम्पूर्ण अर्थतन्त्र, उत्पादन क्षेत्र, बहुआयामिक सामाजिक–आर्थिक रूपान्तरणलाई अघि बढाउनेछ ।”
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले सीको भ्रमणले नेपालभित्र र बाहिर उल्लेखनीय छापहरु छाडेर गएकोसमेत धारणा राखे । “यो भ्रमणलाई आम नागरिक, सबै राजनीतिक दल र नेपालको भलो चिताउने सबैले हार्दिक स्वागत र समर्थन गरेको एउटा स्थिति देखा परेको छ”, उनले भने, “भ्रमणले नेपाल र चीनबीचको विकास निर्माणका योजनामा, सुख र समृद्धिका अभियानमा हामी साथै रहन्छौँ भन्ने सन्देश दिएको छ ।”
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेपाल भूपरिवेष्ठितबाट भूजडित राष्ट्रको रूपमा लैजाने योजनामा चीनका राष्ट्रपतिले हौसला प्रदान गरेको बताए ।
चीन र दक्षिण एशियासित अब हिमालयमा मानवीय पुल मात्र नभई भौतिक पुलसमेत स्थापित हुनु सुखद पक्ष रहेको उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार