रेडबुल, लिची, एप्पलस्लाइडर जस्ता जुस स्वास्थका लागि हानिकारक
नेपालबहस संवाददाता
असोज २८, २०७६ बुधबार ०:१८:१५
२८ असोज, धम्बोझी । सरकारले प्रतिबन्ध लगाएको विभिन्न स्वादका शक्तिवद्र्धक जुस बजारमा खुलेआम बिक्री वितरण भइरहेको पाइएको छ ।
बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित ‘सेन्थेटिक फ्लेवर र इनर्जी जुस’ले सर्वसाधारणको स्वास्थ्यमा नकारात्मक असर पारेको भन्दै सरकारले गत असारदेखि त्यसको बिक्री वितरणमा रोक लगाएको थियो ।
त्यस्ता विभिन्न ब्राण्डका जुस भियतनाम, बङ्गलादेश र थाइल्याण्डबाट आयात हुँदै आएका थिए । शक्तिवद्र्धक जुसले मुटु, मिर्गौलामा असर गर्ने विज्ञको भनाइ छ ।
सरकारले त्यसबारे मन्त्रिपरिषद्बाट निर्णय गरेर राजपत्रमा सूचना प्रकाशित गरे पनि प्रतिबन्धबारे सर्वसाधारणलाई जानकारी नै छैन ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख ज्योत्सना श्रेष्ठले विदेशबाट आयात हुने विभिन्न फ्लेवर र शक्तिवद्र्धक जुसमा पूर्ण प्रतिबन्ध लागेको बताए । रेडबुल, लिची, एप्पलस्लाइडर जस्तै थुप्रै प्रकारका शक्तिवद्र्धक जुस बजारमा पाइन्छन् ।
“सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गरी सरकारले प्रतिबन्ध लगाएको हुन सक्छ”, उनले भने, “त्यस्ता पेयपदार्थमा सर्वसाधारणको स्वास्थ्यका लागि आवश्यक पर्ने तत्व पाइँदैन ।” खाद्य आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालयका अधिकृत एकराज बुढाथोकीले मौज्दात पेयपदार्थ बिक्री भइरहेको बताए। तेस्रो मुलुकबाट आयात भएकाले तस्करीको सम्भावना नरहेको उनको भनाइ छ ।
“व्यापारीसँग जानकारी माग्दा पुरानो स्टक बिक्री गरेको भन्छन् । भारतमा पनि त्यस्ता पेयपदार्थ उत्पादन नहुने भएकाले स्टककै हो भन्ने लाग्छ”, उनले भने, “दशैँ–तिहारसम्म स्टक सकिन्छ होला जस्तो छ । त्यसपछि बिक्री बन्द हुन्छ ।”
“निकासी पैठारी (नियन्त्रण ऐन) २०१३ को दफा ३ को उपदफा (१) बमोजिम नेपाल सरकार (मन्त्रिपरिषद्)को निर्णय अनुसार ०७६ असार २ गते नेपाल राजपत्रमा प्रकाशित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सूचना (खण्ड ६९, सङ्ख्या ११, नेपाल राजपत्र, भाग ४ को सूचना नं १ को प्रकरण ४) ले शक्तिवद्र्धक पेयपदार्थ र यस्तै प्रकारका पेयपदार्थको पैठारीमा पूर्ण बन्देज लगाएको हुँदा यस्ता पेयपदार्थ पैठारी (आयात) नहुने जानकारी गराइन्छ”, सरकारले गरेको निर्णयमा उल्लेख छ ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल बैश्यले सरकारले शक्तिबद्र्धक पेयपदार्थमा रोक लगाएपछि अदालतले बिक्रीका लागि अनुमति दिएको बताए । उनका अनुसार सरकारले प्रतिबन्ध लगाइरहँदा धेरै व्यवसायीले विदेशबाट माल मगाइसकेका थिए । “केही व्यवसायीले मगाएको पेयपदार्थ बन्दरगाहसम्म आइपुगेको नन्दलाल बैश्यले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार
आज यी ठाउँहरुमा अति भारी वर्षा हुने
असार २२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २२, २०८१ शनिबार
पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा
असार २२, २०८१ शनिबार
देशभर बाढी, पहिरो र डुबानमा परी ८ जनाको मृत्यु, ६ बेपत्ता
असार २२, २०८१ शनिबार
पुराणेषु नेपालविषयकंः रचनागर्भ नियाल्दै नेपालका पुण्यक्षेत्रको भ्रमण गर्दा
असार २२, २०८१ शनिबार
काठमाडौं डुबानबारे बालेनको प्रश्न : केपी ओलीज्यू भोटको राजनीति सँधै गरिरहने हो ?
असार २२, २०८१ शनिबार
बिपी र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा
असार २२, २०८१ शनिबार
जंगली च्याउ खाँदा तनहुँमा ३ जना बिरामी
असार २२, २०८१ शनिबार
राप्ती नदीमा बाढी, स्थानीयलाई सुरक्षित स्थानतर्फ सारियो
असार २२, २०८१ शनिबार