आज नेप्सेको ग्रिनसिग्नल तर अझै निराश लगानीकर्ता
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज २८, २०७६ बुधबार १:५४:६
![](https://snowberry.prixacdn.net/media/gallery_folder/logo_u9UuLIVas7_gfmsqcbqyudnlk52y0lythcjrnu7anmatg1lb8rylf5mt4quwfztywuergov.png)
२८ असोज, काठमाडौं । उतारचढावकाबीच लामो समयदेखि गुज्रिएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचकले ३.६२ विन्दुको ग्रिनसिग्नल देखाएपनि लगानीकर्ताहरु भने धकफुकाएर बजार पसेका भने छैनन । परिसुचक आज एक हजार १४०.५८ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक ०.९७ विन्दुले बढेर २५०.१४ मा पुगेको छ ।
नेप्से सामान्य अङ्कले बढे पनि कारोवार रकम भने औसतमा समेटिएको छ । कूल १५० कम्पनीको सात लाख १९ हजार ३३० कित्ता शेयर रु २० करोड ९२ लाख छ हजार ६३१ मूल्यमा कारोवार भयो । स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर उकालो लागेको छ ।
निर्जीवन बीमा १०.३४, उत्पादन ३.६ र जीवन बीमा ९.६ विन्दुले घटेको छ । यस्तै बैंकिङ ३.४४ बढ्दा व्यापारको भने कुनै विवरण उल्लेख छैन । होटल १९.४९, विकास बैंक ८.२, जलविद्युत् २.१८, वित्त १.७५, अन्य ६.१७, लघुवित्त ४.६१ र सामूहिक लगानी कोषको पनि विवरण उल्लेख छैन ।
कारोवारका आधारमा आज सिदार्थ बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु तीन करोड ७६ लाख ७४ हजार ६०३ मूल्य बराबरको शेयर कारोवार भएको छ । यस्तै एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर रु तीन करोड ६९ लाख ६० हजार, कृषि विकास बैंक रु एक करोड ४० लाख ४१ हजार ६१२, प्रभु बैंक रु एक करोड २८ लाख ५३ हजार ४७१, शिवम् सिमेन्ट रु ६७ लाख ५० हजार १६७, चिलिमे जलविद्युत् कम्पनी रु ६३ लाख ८९ हजारमा कारोवार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार आज आरएमडिसी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.९३ प्रतिशतले कमाए । सिनर्जी पावर ५.५६, ग्रीन डेभलपमेन्ट बैंक ४.९०, सबैको लघुवित्त वित्तीय संस्था ४.७०, ओरियन्टल होटल ३.९० र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ३.८४ प्रतिशतले आर्जन गरे ।
त्यस्तै सिटी एक्सप्रेस फाइनान्स कम्पनी ५.८८, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी ४.९४, हिमालयन पावर पार्टनर ३.४७, नेपाल इन्स्योरेन्स कम्पनी ३.३०, एनएमबी माइक्रोफाइनान्स ३.२५ र एभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले २.९७ प्रतिशतले गुमाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य गिरावट, ४ अर्बभन्दा बढीको शेयर किनबेच
असार २४, २०८१ सोमबार
कारोबारको पहिलो दिन नेप्से दोहोरो अङ्कले बढ्यो
असार २३, २०८१ आइतबार
नेप्से आज दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि उच्च
असार २०, २०८१ बिहिबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
मोरङमा चैते धानको उत्पादन बढ्यो
असार २४, २०८१ सोमबार
पहिरोले अवरुद्ध मुग्लिन-मलेखु सडक पुन: सञ्चालन
असार २४, २०८१ सोमबार
‘विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैंकले लगानी गर्नु हुँदैन’
असार २४, २०८१ सोमबार
कोरोना भाइरसविरुद्धका १६ लाख ६८ हजार मात्रा खोप आयो
असार २४, २०८१ सोमबार
बङ्लादेशकी प्रधानमन्त्री शेख हसिना चीन प्रस्थान
असार २४, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरण सम्बन्धी विधेयक प्रमाणीकरण
असार २४, २०८१ सोमबार