प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीबाट प्रहरीले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा !
नेपालबहस संवाददाता
असोज २९, २०७६ बुधबार १४:१५:२२
२९ असोज, काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले चीनका महामहिम राष्ट्रपतिको २ दिने नेपाल भ्रमणको सिलसिलामा सुरक्षा व्यवस्थापनलाई मजबुत बनाई उत्कृष्ट रुपमा आ-आफ्नो जिम्मेवारी त्रुटिरहित तवरले सम्पन्न गरेकोमा सम्पूर्ण सकल दर्जाका प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा धन्यवाद दिएका छन् ।
सम्माननीय प्रधानमन्त्री, माननीय गृहमन्त्री एवम् चीन सरकारबाट समेत नेपाल प्रहरीले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा भएको उल्लेख गर्दै निमित्त प्रहरी महानिरीक्षक कार्कीले भने, ‘यसको हकदार संगठन प्रमुखदेखि सबै दर्जाका प्रहरी कर्मचारीहरु रहेका छन् ।’
सुरक्षामा सफल व्यवस्थापनको प्राप्त अनुभवबाट आगामी दिनमा अझै उत्कृष्ट तरीकाले अगाडि बढ्न निर्देशन दिँदै निमित्त प्रहरी महानिरीक्षक कार्कीले भने, ‘सबल टिम, सामूहिक भावना र आ-आफ्नो भूमिका पुरा गर्नमा नै सफलता छ, त्यो सबैले बुझ्नुपर्छ ।’ संगठनलाई उत्कृष्ट बनाउन व्यवसायिकताका साथ झन बढी जिम्मेवार भएर राज्यले दिएको दायित्व रचनात्मक रुपमा सम्पादन गर्न अग्रसर हुनुपर्ने उनले बताए । स्पष्ट र स्वच्छ तरीकाले नागरिक सेवा दिने कार्य समुदाय-प्रहरी साझेदारी कार्यक्रमले समेटेको उल्लेख गर्दै उनले यस कार्यक्रमलाई सक्रिय रुपमा अगाडि लैजानुपर्ने बताए ।
अपराध विरुद्ध कठोरतापूर्वक प्रस्तुत हुनपर्नेमा जोड दिँदै समाजमा हुने आवाञ्छित गतिबिधि नियन्त्रणमा कानूनी कठोरता र विवेकपूर्ण निर्ममता अपनाई अगाडि बढ्न उहाँले निर्देशन समेत दिए ।
साथै नजिकिंदै गरेका महान चाड शुभ दिपावली, छठ पर्व एवम् नेपाल संवतको सबैलाई शुभकामना दिँदै उक्त समयमा कुनै पनि अपराधिक गतिबिधि हुन नदिन थप सक्रिय रुपमा जिम्मेवारी वहन गर्नुपर्ने उनले बताए ।कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
अवैध लागूऔषध सहित पक्राउ
बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट सोही उपमहानगरपालिका-६ बस्ने २२ वर्षीय गजेन्द्र शर्मालाई अवैध लागूऔषध ब्राउनसुगर १ सय ६० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण व्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट लुकाई छिपाई ल्याउँदै गरेको उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
हुण्डी कारोवारमा संलग्न रहेको अभियोगमा पक्राउ
मोरङमा हुण्डी कारोवारमा संलग्न रहेको अभियोगमा सुनसरी बर्जु गाउँपालिका-३ बस्ने २४ वर्षीय उमाकान्त रायलाई विराटनगर महानगरपालिका-४ कन्चनबारी चोकबाट सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले रायलाई विभिन्न दरका नगद १० लाख रुपैयाँ तथा प्राइम बैंक र एनसीसी बैंकको चेकबुक १ र १ थान सहित पक्राउ गरेको हो । रायलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
मोरङमा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका-१५ बस्ने ४६ वर्षीय राजा साहलाई सोमबार सोही ठाउँबाट प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत मोरङको २०६८ मंसिर २७ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ३ वर्ष कैद सजाय भई फरार रहेका साहलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साहलाई जिल्ला अदालत मोरङमा पेश गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
अवैध घरेलु मदिरा बनाउने कच्चा पदार्थ बरामद
मोरङमा बेलबारी नगरपालिका-४ स्थित यलम्बर चोकबाट करिब ३ लाख रुपैयाँ मुल्य बराबरको अवैध घरेलु मदिरा बनाउने कच्चा पदार्थ करिब १ हजार किलो मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले को.२ ह ४३२३ र को.१ ह ८९४५ नम्बरको अटो जाँच गर्ने क्रममा उक्त कच्चा पदार्थ फेला पारी बरामद गरेको हो । उक्त कच्चा पदार्थ आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाइएको उक्त कार्यालयले जनाएको छ
विभिन्न धनमाल चोरी
ललितपुर महानगरपालिका -१४ नख्खु दोबाटोमा फेन्सी पसल संचालन गरी बस्ने सिराहा घर भएकी मेनुका सुवेदीको फेन्सी पसलबाट लेडिज र जेन्स व्याग लगायत बिभिन्न सरसामान गरी करिब १ लाख ५३ हजार रुपैयाँ बराबरको धनमाल सोमबार राति चोरी भएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा मृत्यु
नवलपरासी ९पूर्व०को गैंडाकोट नगरपालिका-१२ हर्कपुरस्थित सडकमा ना.५ ख ६०२६ नम्बरको बसले मंगलबार बिहान साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने ५ वर्षीया शान्ती माया डिसुवा मगरको नयाँ मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको छ । हाल फरार रहेका बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल नष्ट
दाङमा गढवा गाउँपालिका-१ जेठानगाँउ बस्ने भरतनाथ योगी, रमेश भण्डारी र राम सुमन लोढको समेत ३ वटा घर र १ वटा गोठमा मंगलबार दिउँसो आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाँडावत्तन र नगद समेत जलेर करिब ८ लाख ७२ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दा र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, पर्सामा मिश्र, बारामा तामाङ
माघ १२, २०८१ शनिबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
आलुखेती प्रवर्द्धन गर्दै भद्रपुर नगरपालिका
माघ १३, २०८१ आइतबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार