आज नेकपाको चियापान कार्यक्रम
नेपालबहस संवाददाता
असोज २९, २०७६ बुधबार १४:१९:३३
२९ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाले बडा दशैँ, तिहार, नेपाल संवत्–११४०, छठलगायत नेपालीका विभिन्न चाडपर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दैछ ।
काठमाडौंको भृकुटीमण्डपमा आज ‘बुधबार’ को चियापान कार्यक्रमका लागि सम्पूर्ण अतिथिलाई नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का नामबाट निमन्त्रणापत्र पठाइसकिएको र कार्यक्रमको तयारी पूरा भएको पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
चाडपर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन १ लाख जनालाई नेकपाले निम्ता गरेको छ ।भृकुटीमण्डपमा मध्यान्ह १२ देखि साँझ ५ बजेसम्म चाडपर्वको शुभकामना आदानप्रदान तथा चियापान आयोजना हुनेछ ।
दशैं, तिहार, छठ, नेपाल संवत, इद, ल्होसार लगायतका नेपाली जनताका चाडपर्वको अवसरमा पार्टीले शुभकामना आदान प्रदान आयोजना गरेको केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।
चियापानमा कुटनीतिक नियोग, उद्योगी व्यवसायी, कलाकार, संवैधानिक अंग, राष्ट्रसेवक, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुलाई निम्ता गरिएको छ ।
तत्कालिन एमालेका अध्यक्ष मनमोहन अधिकारीले थालेको शुभकामना तथा चियापान कार्यक्रमलाई नेकपाले निरन्तरता दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार