आबुधावी डायलग : मन्त्री विष्टले सम्बोधन गर्ने
नेपालबहस संवाददाता
असोज २९, २०७६ बुधबार १४:५४:३२
२९ असोज, काठमाडौं । श्रमिक पठाउने र लिने देशहरूको साझा फोरम आबुधावी डायलगमा नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सम्बोधन गर्ने भएका छन् । बुधबार र बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने पाँचौ मन्त्रीस्तरीय बैठकमा उनले सम्बोधन गर्ने श्रम मन्त्रालयले जनाएको छ ।
नेपाल आबुधावी डायलगको सदस्य मुलुक हो । बैठकमा सहभागी हुन मन्त्री विष्ट आजै नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्र्दै त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रतिनिधिमण्डलमा मन्त्रालयका सचिव विनोद केसी र सहसचिव तथा वैदेशिक रोजगार महाशाखा प्रमुख उमेश ढुङ्गाना छन् ।
उक्त छलफल श्रमिक आपूर्ति प्रक्रियालाई थप पारदर्शी बनाउने विषयमा केन्द्रित हुने बताइएको छ । त्यस्तै अवैध कामदारको आयात र निर्यातको रोकथाम, श्रमिकको हक हित र सामाजिक सुरक्षाका विषयमा पनि छलफल हुनेछ ।
डायलगमा श्रमिक पठाउने देशहरू नेपालसहित भारत, पाकिस्तान, श्रीलङ्का, म्यानमा, थाइल्याण्ड, फिलिपिन्स, बङ्गलादेश र भियतनाम सहभागी हुने बताइएको छ । त्यस्तै श्रमिक लिने देश यूएई, मलेसिया, कतार, कुवेत, साउदी अरब, बहराइन र यमन पनि सहभागी हुनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार