सिटी एक्सप्रेसको टीभी उपहार
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज २९, २०७६ बुधबार २०:३६:४९
![](https://nepalbahas.prixacdn.net/media/albums/city-express_1C78xg1dio.jpg)
२९ असोज, काठमाडौं । कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै बृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रमुख आयोजक भई सेप्टेम्बर २०, २०१९ मा ब्वाईज स्काउट एसोसीएसन हल हवाली, कुवेतमा कार्यक्रम सम्पन्न गरेको सिटी एक्सप्रेसले जनाएको छ । सो कार्यक्रममा आठ सयभन्दा धेरै नेपालीहरुको उत्साहजनक सहभागी रहेको थियो । जस्मा नेपाल आइडल सिजन २ को बिजेता रवी ओड र गायक र कलाकार चक्र बमको प्रस्तुती थियो ।
कार्यक्रमलाई थप रोमान्चक बनाउन सिटी एक्सप्रेसले कार्यक्रममा उपस्थित भएका दर्शकहरुमा लक्की ड्र सञ्चालन गरिएको थियो, जस्को बिजेता जयबहादुर थापा भएका छन् । थापाले उपहार स्वरुप सामसुङ्ग ३२’’ को टीभी पाएका छन् । सोहि कार्यक्रममा अन्य ५ जनालाई सिटी एक्सप्रेसको तर्फबाट आकर्षक उपहार पनि प्रदान गरिएको थियो । नेपालका लागि सामसुङ्ग उत्पादन हरुको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. ले प्रवासीहरुलाई विदेशमै बसेर नेपालमा टीभी किन्न मिल्ने सुविधा प्रदान गर्न सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रा.लि. संग साझेदारी गरेको छ ।
सम्झैता अनुसार कतार, साउदी, कुवेत र मलेशियामा रहेको सिटी एक्सप्रेस मनि ट्रान्सफरको काउन्टरमा गएर पैसा जम्मा गरेपछी नेपालमा रहेका परिवार र आफन्तजनहरुले सोहि देश बराबरको एमआरपीमा टीभी खरिद गर्न सक्नेछन । यो इनिशिएसन जुलाई १, २०१९ बाट प्रारम्भ भएको हो । हिम इलेक्ट्रोनिक्सले प्रवासीहरुलाई विदेशी टीभी छोडेर स्वदेशमै टीभी किन्न प्रोत्साहीत गर्न यस्तो प्रयास गरेको हो ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ बर्षदेखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट सात हजारभन्दा बढी नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेसले कुवेत स्थित अल अन्सरी एक्सचेन्ज, अल मुजैनी एक्सचेन्ज र बिइसीसँग बिप्रेषण सहकार्य गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य गिरावट, ४ अर्बभन्दा बढीको शेयर किनबेच
असार २४, २०८१ सोमबार
कारोबारको पहिलो दिन नेप्से दोहोरो अङ्कले बढ्यो
असार २३, २०८१ आइतबार
नेप्से आज दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि उच्च
असार २०, २०८१ बिहिबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरण सम्बन्धी विधेयक प्रमाणीकरण
असार २४, २०८१ सोमबार
लालबकैया नदीको क्षतिग्रस्त बाँधको मेयरसहित सुरक्षा निकायका प्रमुखहरु गरे निरीक्षण
असार २४, २०८१ सोमबार
जेठ २८ यता बाढी र पहिरामा परी ७४ जनाको मृत्युः ८८ घाइते, १६१ घर डुबानमा
असार २४, २०८१ सोमबार
श्रीलंका राष्ट्रिय क्रिकेट टिमको अन्तरिम प्रशिक्षक बने जयसूर्या
असार २४, २०८१ सोमबार
नेपाली पात्रो गुगल प्ले स्टोरमा १ करोड डाउनलोड, दैनिक १० लाख प्रयोगकर्ता
असार २४, २०८१ सोमबार