नेकपामा ओली शैली : पूर्वमाओवादी र नेपाल पक्षलाई राणनीतिक प्रयाेग गर्ने दाउ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज २९, २०७६ बुधबार २१:५:२९
![](https://nepalbahas.prixacdn.net/media/albums/kp-madhav-parchancd_lkv1uJGAur.jpg)
२९ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणबाट हौसिएको खड्गप्रसाद ओली शक्ति सञ्चय भएको निश्कर्षमा पुगेका छन् । सीको विदाई लगत्तै आफू निकट नेताहरुलाई सरकारी निवास बालुवाटार बोलाएर उनले समीक्षा गर्दा यस्तो निश्कर्ष निकालेका हुन् ।
चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणले ओली सरकारको विश्वसनीयता र लोकप्रियता बढ्ने आंकलन सो वैठकमा गरिएको थियो । त्यसैले पार्टी भित्र थप शक्ति विस्तार गर्न विरोधीलाई निर्मूल पार्नु जरुरी रहेको ठम्याई ओली समूहको रहेको छ । यसका लागि पूर्वमाओवादी र माधव नेपाल पक्षलाई कसरी रणनीतिक प्रयाेग गर्ने र आफु सक्तिशाली बनने भन्ने दाउमा ओली पक्ष देखिएको छ ।
रक्षामन्त्री ईश्वर पोखरेल, पार्टी महामन्त्री विष्णु पौडेल, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, सञ्चारमन्त्री गोकुल वाँस्कोटा, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई लगायत कोर टिममा यो समीक्षा भएको स्रोतको दावी छ । बैठकमा पार्टी भित्र थप शक्ति विस्तार गर्न एक पटक फेरि पुरानै शैलीलाई निरन्तरता दिनु पर्ने विषयमा लगभग सहमति भएको छ ।
ईश्वर पोखरेल, गोकुल बाँस्कोटा र राजन भट्टराईले अहिले माधव नेपाल पक्षलाई धेरै चिढ्याउनु भन्दा पूर्वमाओवादीलाई साइजमा राख्न आवश्यक भएको सल्लाह दिएका थिए ।यस्तै विष्णु पौडेल, विष्णु रिमालहरु भने पूर्वमाओवादीलाई साथ लिएर नेपाल पक्षलाई कमजोर गर्न सक्दा मात्रै फाइदा हुने राय दिएका थिए ।
प्रधानमन्त्री ओलीले यसबारे आफ्नो राय नदिएपनि हाल पूर्वमाओवादी पक्षसँगको निकटता नै फलदायी हुने गरी प्राप्त सुझावप्रति बढी चासो राखेको स्रोतको दावी छ । जे भएपनि पार्टी भित्र आफ्नो हैकम कायमै राख्न पुरानै शैलीलाई निरन्तरता दिने निश्कर्षमा भने सबैजना पुगेका छन् ।
पूर्वमाओवादीको साथ लिएर माधव नेपाल पक्षलाई धुलिसात पार्ने ओली समूहको चाहनाले नै निरन्तरता पाउने अवस्था देखिएको छ । त्यसलाई परिपूर्ति गर्न आवश्यकता अनुसार रणनीति तयार गर्ने सहमति वैठकमा भएको बुझिएको छ । तर पूर्वमाओवादी पक्ष भने ओलीसँग अहिले अलि सशंकित देखिएको छ ।
खासगरी कृष्णबहादुर महरा प्रकरणमा कारबाही गर्न ओली पक्षले देखाएको हतारोले पूर्वमाओवादी त्रस्त बनेका छन् । त्यसैले अब नेपाल समूहलाई एक्लाउने ओलीको रणनीतिमा साथ दिने नदिने भन्नेबारे पूर्वमाओवादी समेत खुल्न चाहेको छैन ।
चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण ओली सरकारको सबैभन्दा ठूलो उपलव्धिका रुपमा चित्रण गर्दै पार्टी भित्र आफू थप सुदृढ भएको बुझाई ओली पक्षको रहेको देखिन्छ । यसैबाट हौसिएर ओली विरोधीहरुमाथि धावा बोल्ने तयारीमा जुटेको छ ।
यसका लागि सबैभन्दा पहिला मन्त्रिमण्डल पुनर्गठन गरी अघि बढ्ने रणनीतिमा ओली रहेका छन् । मन्त्रिमण्डल पुनर्गठन गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत आतुर थिए ।
तर महरा प्रकरणमा ओलीले देखाएको शैली र व्यावहारले भने प्रचण्ड हच्किएका छन् । ‘पूर्वमाओवादीको काँधमा बन्दूक राखेर माधव नेपाल पक्षलाई तर्साउन खोज्ने ओली समूहको चाहना अब सहज छैन’:– एकजना पूर्व माओवादी नेताले बताए ।
पछिल्लो तयारी अनुसार, प्रधानमन्त्री ओली मन्त्रिमण्डलमा ठूलै परिवर्तन गर्दै छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति जनाए तिहार अगावै पुनर्गठनको तयारीमा ओली जुटेका छन् ।
यस प्रयोजनका लागि आज बिहानै पनि ओली र प्रचण्डबीच कुराकानी भएको छ । आज नेकपाद्वारा आयोजित चियापान कार्यक्रम भएकाले थप छलफल गरेर यही हप्ता भित्रै मन्त्रिमण्डल पुनर्गठन लगायत पार्टी एकीकरणका बाँकी काम टुंग्याउने सहमति दुबै नेताबीच भएको छ ।
उता, माधव नेपाल पक्ष पनि ओलीको आगामी कदमबारे सुक्ष्म ढंगले नियाली रहेको छ । नेपाल निकट केन्द्रिय सदस्य जगन्नाथ खतिवडाका अनुसार संस्थापन पक्षले पार्टीलाई समग्रतामा लैजाने हो वा एकांकी रुपमा त्यो हेरेर मात्र थप टिप्पणी गर्ने बताए ।
ओली पक्षले नेपाल समूहलाई कमजोर बनाउने रणनीतिलाई निरन्तरता दिने उनको पनि आशंका रहेको छ । तर संस्थापन पक्षले कुनै कदम नचालेसम्म आफूहरु मौन रहने खतिवडाले संकेत गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक एआईजी र एक डीआईजीका लागि दर्जन अधिकृतहरुको दौडधूप !
असार २४, २०८१ सोमबार
सत्ता समीकरणमा हलचल ल्याउने बेचनको बेचैनीमाथि प्रहरीको अनुसन्धान
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
बङ्लादेशकी प्रधानमन्त्री शेख हसिना चीन प्रस्थान
असार २४, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरण सम्बन्धी विधेयक प्रमाणीकरण
असार २४, २०८१ सोमबार
लालबकैया नदीको क्षतिग्रस्त बाँधको मेयरसहित सुरक्षा निकायका प्रमुखहरु गरे निरीक्षण
असार २४, २०८१ सोमबार
जेठ २८ यता बाढी र पहिराेमा परी ७४ जनाको मृत्युः ८८ घाइते, १६१ घर डुबानमा
असार २४, २०८१ सोमबार
श्रीलंका राष्ट्रिय क्रिकेट टिमको अन्तरिम प्रशिक्षक बने जयसूर्या
असार २४, २०८१ सोमबार