एनआरएनएको निर्वाचन : परम्परागत मतदान सुरु
नेपालबहस संवाददाता
असोज ३०, २०७६ बिहिबार १७:३१:२३
३० असोज काठमाडौं । गैरआवासीय नेपाली संघ ‘एनआरएनए’को निर्वाचनमा परम्परागत मतदान सुरु भएको छ ।प्राविधिक समस्या आएपछि विद्युतीय मतदान रद्द गरी परम्परागतरुपमा केही बेर अघिदेखि मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ ।
बुधबार निर्धारित समय भन्दा करिब तीन घण्टा ढिलो बेलुका ८ बजे मतदान सुरु भएको केहीबेरमै कम्प्युटरमा समस्या आएको भन्दै मतदान स्थगित भएको थियो ।
नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्य प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । अध्यक्षका उम्मेदवार पन्तको प्रस्तावकमा राधिका गुरुङ र समर्थकमा डीबी क्षेत्री छन् । त्यस्तै अध्यक्षका अर्का उम्मेदवार आचार्यको प्रस्तावकमा दिलबहादुर गुरुङ र समर्थकमा विश्व आदर्श पण्डित छन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली अनुसार चार जना निर्वाचित हुने उपाध्यक्ष पदमा ९ जनाको उम्मेदवारी परेको छ । जसमा हिक्मतबहादुर थापा, किरणविक्रम थापा, अर्जुनकुमार श्रेष्ठ, नरेन्द्रबहादुर भाट, डा। बद्री केसी, मन केसी, धर्मराज अधिकारी, सोनाम लामा र डा।केशव पौडेल छन् ।
एक जना निर्वाचित हुने महिला उपाध्यक्षमा सपिला राजभण्डारी र रविना थापाको उम्मेदवारी परेको छ । महासचिवमा जानकी गुरुङ र डा. हेमराज शर्माको उम्मेदवारी परेको छ । गुरुङ आचार्य र थापा पन्त प्यानलका हुन् । २ जना निर्वाचित हुने सचिव पदमा ७ जनाको उम्मेदवारी परेको छ । जसमा दीपकप्रसाद ओली, सुष्मा लिम्बु, अभिमानसिंह बस्नेत, शिवकुमार बरुवाल, गौरीराज जोशी, आरके शर्मा र विनय अधिकारी छन् ।
त्यस्तै कोषाध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ । जसमा आचार्य प्यानलबाट सोमनाथ सापकोटाले उम्मेदवारी दिएपनि उम्मेदवारी फिर्ता लिदै महेशकुमार श्रेष्ठलाई सर्मथन गरेका छन् । स्वतन्त्र रुपमा भने सुदन थापाले उम्मेदवारी दिएका छन् ।
एक जना निर्वाचित हुने सहकोषाध्यक्षमा लोकप्रसाद दाहाल र गोविन्दप्रसाद गौतमको उम्मेदवारी परेको छ ।महिला संयोजकमा प्रमिला खड्का बस्नेत, भोमादेवी लिम्बु र संगीता मरहट्टाको उम्मेदवारी परेको छ । युवा संयोजकमा हिमाल गुरुङ, स्वतन्त्रप्रताप थापा र सुदीप कार्कीको उम्मेदवारी परेको छ ।
मंगलबारदेखि सुरु भएको नवौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा विश्वका ८२ शाखा मध्ये ६० वटा भन्दा बढी शाखाबाट प्रतिनिधित्व छ। २६ सय १३ मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।
कार्यक्रमको तालिका अनुसार प्रधानमन्त्री ओलीद्धारा समापन गर्ने भनेपनि निर्वाचन लम्बिएका कारण सम्भवत भोली समापन हुने अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
माघ १३, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
माघ १३, २०८१ आइतबार
भोजपुरमा साढे ८ हजार किशोरीलाई एचपिभी खोप लगाउने तयारी
माघ १३, २०८१ आइतबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेको थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
माघ १३, २०८१ आइतबार
आलुखेती प्रवर्द्धन गर्दै भद्रपुर नगरपालिका
माघ १३, २०८१ आइतबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार