अमेरिकी राष्ट्रपति ट्रम्प भन्छन्, टर्कीले आक्रमण गरेको हाम्रो सीमा होइन !
नेपालबहस संवाददाता
असोज ३०, २०७६ बिहिबार १८:१९:२८
३० असोज, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीले आक्रमण गरिरहेको सीमा क्षेत्र आफ्नो देशको नरहेको बताएका छन् । टर्कीले सिरियाको उत्तरी क्षेत्रमा रहेका कुर्दिसलाई लक्षित गरी गएको हप्ताको बुधबारदेखि सैन्य आक्रमण गर्दै आएको छ ।
त्यसको विश्वव्यापी रुपमा आलोचना भइरहेको छ । आक्रमणका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीलाई हरियो झण्डा देखाएको आरोप छ । तर ट्रम्पले भने टर्कीले आक्रमण गरिरहेको सिरियाली क्षेत्र आफ्नो देशको सीमा नरहेको बताएका हुन् ।
यस्तै उनले अमेरिकाको पूर्व सहयोगी कुर्दिसहरु पनि स्वर्गका दूत नरहेको बताएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले ह्वाइटहाउसमा पत्रकारसँग टर्कीले गरिरहेको आक्रमणमा आफ्नो कुनै हिस्सा नरहेको दाबी गर्ने प्रयास गरेका हुन् । उनले कुर्दिसको रक्षाको विषयलाई पनि उनीहरु ‘स्वर्गका दूत’ होइनन् भनेर पन्छिने प्रयास गरेका छन् ।
सिरियाको उत्तरी क्षेत्रमा रहेका कुर्दिसहरुको सैन्य समूह सिरियन डेमोक्र्याटिक फोर्सेज ‘एसडिएफ’ले बिद्रोही संगठन इस्लामिक स्टेट ‘आइएस’ विरुद्धको लडाईँमा अमेरिकी सैनिकलाई साथ दिँदै आएको थियो । कुर्दिस बाहुल्य सो क्षेत्रमा सिरिया सरकारको नभई कुर्दिसको नियन्त्रण छ ।
टर्की कुर्दिसलाई आतंकवादी मान्छ । सिरियामा रहेका कुर्दिसका कारण आफ्नो देशमा अस्थिरताको सम्भावना रहेको आरोप लगाउँदै टर्कीले आक्रमण गरेको हो । टर्कीमा पनि कुर्दिसको बसोबास छ । टर्की सरकारले उनीहरुलाई दमन गरिरहेको आरोप छ ।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्लो सो क्षेत्रबाट आफ्ना सैनिक फिर्ता बोलाउने निर्णय गरे । अमेरिकाको सो निर्णयसँगै टर्कीले आक्रमण थाल्यो । ट्रम्पले कुर्दिस नियन्त्रित क्षेत्रबाट अमेरिकी सैनिक फिर्ता बोलाउने निर्णयको अमेरिका भित्रै र अन्तर्राष्ट्रिय स्तरमा गम्भीर आलोचना भइरहेको छ।
ट्रम्पकै निर्णयका कारण कुर्दिस बाहुल्य क्षेत्रमा मानवीय संकटको अवस्था आउन लागेको बताइन्छ । यस्तै सो क्षेत्रमा कुर्दिसको नियन्त्रमा रहेका आइएसका लडाकु भाग्न सफल भएको पनि जनाइएको छ । तर ट्रम्पले सैनिक फिर्ता बोलाउने निर्णयको बचाउ गर्दै भने, ‘अमेरिका त्यहाँ सुरक्षाकर्मी तैनाथ गर्ने एजेन्ट होइन । हामी अब त्यहाँबाट फिर्ता हुने बेला भयो ।’
अमेरिकी संसदको तल्लो सदनले सिरियाबाट सैनिक फिर्ता बोलाउने राष्ट्रपति ट्रम्पको निर्णयको आलोचना सम्बन्धी प्रस्ताव पारित गरेको छ । ट्रम्पको निर्णयको आलोचना सम्बन्धी प्रस्तावमा डेमोक्र्याट तथा रिपब्लिकन सांसदले मत दिएका थिए ।
सिरियाका सम्बन्धमा संसदका नेतासँग बैठकको क्रममा राष्ट्रपति ट्रम्प ‘मेल्टडाउन’ भएको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले पत्रकारसँग बताएकी छन् । ट्रम्पले पनि पेलोसीमाथि सोही आरोप लगाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
माघ १३, २०८१ आइतबार
भोजपुरमा साढे ८ हजार किशोरीलाई एचपिभी खोप लगाउने तयारी
माघ १३, २०८१ आइतबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेको थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
माघ १३, २०८१ आइतबार
आलुखेती प्रवर्द्धन गर्दै भद्रपुर नगरपालिका
माघ १३, २०८१ आइतबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार